विवादास्पद छवीका टियु सेवा आयोगका सदस्य पोख्रेलको पद खारेज

काठमाडौं, २१ असार । सरकारले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका सदस्य चिन्तामणि पोख्रेलको पद खारेज गरेको छ ।
हिजो साँझ बसेको मन्त्रिपरिषदको निर्णयले आयोग सदस्य पोख्रेलको पद खारेजीमा परेको हो ।
विवादास्पद छवीका पोख्रेलले उपप्राध्यापकहरुको परीक्षामा प्रश्नपत्र र उत्तर समेत दिएर लिखित परीक्षा पास गराई दिएको बात लाग्दै आएको छ । उनले उपप्राध्यापकहरुको अन्तरवार्ता समेत लिने काम गरेका थिए ।
पोख्रेलले उपप्राध्यापकको परीक्षामा प्रश्न मात्र लेखेकाहरुलाई समेत उत्तीर्ण गराएको आरोप लागेको थियो । सोही विषयमा सर्वोच्च अदालतले अन्तरवार्ता नलिनका लागि गरेको आदेश समेत पालना नगरी सर्वोच्च अदालतको समेत पोख्रेलले अपमान गरेको स्रोतको दावी छ ।