नेकपा स्थायी समितिमै सरकारको आलोचना


२२ असार २०७५, शुक्रबार
CPN Nepal standing comitttee meeting 3

काठमाडाैं, २२ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा सरकारका कामको आलोचना भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारका निर्णय र कामबारे प्रश्न उठाइरहेका बेला नेकपाभित्रैबाट पहिलोपटक आलोचना भएको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा समाचार  छ ।CPN Nepal standing comitttee meeting 3

केन्द्रीय सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा सरकारको कामबारे प्रश्न उठेको बताए । बैठकमा नेताहरु भीम रावल, अमृतकुमार बोहोरा, युवराज ज्ञवाली, रघुजी पन्तलगायत करिब १ दर्जन नेताले सरकारको आलोचना गरेका थिए । सरकारको काम जनताले दैनिक जीवनमा प्रत्यक्ष अनुभूति गर्ने गरी प्रभावकारी हुन नसकेको उनीहरुको टिप्पणी थियो ।

बैठकमा सरकारको कामको आलोचना भएपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले त्यसैमा केन्द्रित रहेर छलफल गर्न छुट्टै बैठक डाकिने जानकारी गराएर बैठक समापन गराएका थिए । अध्यक्ष ओलीको चीन भ्रमणसम्बन्धी ‘ब्रिफिङ’बाट सुरु भएको बैठक अर्का अध्यक्ष प्रचण्डले समापन गरेका थिए ।

सरकारको कामको समीक्षासम्बन्धी एजेन्डामा लगातार नेताहरूले आलोचना गर्न थालेपछि प्रचण्डले बैठक समापन गरेका हुन् । ‘अध्यक्ष प्रचण्डले सरकारको कामलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ छुट्टै बैठक बसौँ, त्यही बैठकबाट योजना पनि बनाऔँ भन्दै बैठक समापन गर्नुभो,’ एक स्थायी समिति सदस्यले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७