चिरप्रतिद्वन्द्वी इंग्ल्याण्ड र स्वीडेनबीच कसले जित्ला ?


२३ असार २०७५, शनिबार
sweden vs england

काठमाडौं, २३ असार (एजेन्सी) । रसियामा जारी विश्वकप क्वाटरफाइनल अन्तर्गत शनिबार राति पौने ८ बजे दुई युरापेली देश इंग्ल्याण्ड र स्वीडेनबीच खेल हुँदैछ । समारा एरिनामा रंगशालामा हुने खेलमा विश्वकप दाबेदारको रुपमा हेरिएका इंग्ल्याण्डका २००६ को सबैभन्दा ठूलो खेल हुनेछ । २००६ पछि इंग्ल्याण्ड पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा खेल्न लागेको हो । sweden vs england

इंग्ल्याण्डले अन्तिम १६ मा कोलम्बियालाई टाइब्रेकरमा हराएर क्वाटरफाइनलको यात्रा तय गरेको हो । इंग्ल्याण्डले समुह चरणमा बेल्जियमसँग हारेको थियो भने टुनिसिया र पनामालाई पराजित गरेको थियो ।

जारी विश्वकपमा इंग्ल्याण्डका कप्तान हयारी केन ६ गोल गर्दे धेरै गोल गर्ने खेलाडीका शीर्ष स्थानमा छन् । ह्यारी केन विश्वकपमा पेनाल्टीबाटै ३ गोल गर्ने दोस्रो खेलाडी हुन् । यसअघि सन् १९९४ मा बुल्गेरियाका हृःतो स्तोइचकोभले पेनाल्टीमा ३ गोल गरेका थिए ।

इङल्याण्ड ९ औं पटक विश्वकपको क्वार्टरफाइनल खेल्दैछ । सन् १९६६ र ९० मा क्वार्टरफाइनलबाट माथि उक्लिए यता इङल्याण्डले सो सफलता दोर्हयाउन सकेको छैन । स्वीडिस प्रशिक्षक स्वेन गोरान एरिक्सनको प्रशिक्षणमा इङलिस टोली सन् २००२ र २००६ को विश्वकपको क्वार्टरफाइनल पुगेका थिए । इङल्याण्डले मुख्य प्रतियोगितामा नकआउट चरणको खेलमा ९० मिनेटभित्रै जित निकाल्न सकेको छैन । सन् २००६ मा इक्वेडरलाई १–० ले इङल्याण्डले सो हराएको थियो ।

यता स्वीडेनले स्वीट्जरल्याण्डलाई अन्तिम १६मा १–० ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । समुह चरणमा स्वीडेनले मेक्सिको र दक्षिण कोयिालाई हराएको थियो भने डिफेन्डिङ च्याप्पियन जर्मनीसँग २–० ले हारेको थियो । स्वीडेनले हालसम्म जम्मा २ गोलमात्रै खाएको छ । जुन समूहचरणमा जर्मनीसँग २–१ले पराजित हुँदा ती दुबै गोल ब्यहोरेको थियो ।

जारी विश्वकपमा बाँकी टोलीमध्ये सबैभन्दा कम गोल खाने टोली स्वीडेन हो । स्वीडेन प्रतियोगितामा सबैभन्दा कम स्कोर गर्ने टोलीपनि हो । उनीहरुले ६ गोलमात्रै गर्न सकेका छन् । स्वीडेनले विश्वकपमा गरेको १४ मध्ये पछिल्ला ११ गोल दोस्रो हाफमा सम्भव भएका छन् । रुस विश्वकपमा पनि स्वीडेनले गरेको ६ मध्ये ५ गोल दोस्रो हाफमै निस्किएका थिए ।

सन् १९९४ पछि पहिलोपटक स्वीडेन विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो । यसअघि खेलेका विश्वकपका ४ क्वार्टरफाइनल मध्ये ३ पटक स्वीडेन विजयी भएको थियो । सन् १९३८, ५८ र ९४ मा यो सफलता हात लागेको स्वीडेन १९३४ मा भने जर्मनीसँग पराजित भएको थियो । स्वीडेनले विश्वपमा पछिल्ला २ खेल जितेको छ । यसअघि लगातार ३ खेल जित्ने अवसर स्वीडेनको हकमा १९५० र ५८ मा जुरेको थियो ।

स्वीडेन र इङल्याण्डबीच २४ खेल खेलिसकेका छन् । विश्वकपमा चाहीँ यी दुई ३ पटक भिडेका छन् । यसअघिका २४ भिडन्तमा इङल्याण्डले ८ र स्वीडेनले ७ खेलमा जित हात पारेका थिए । ९ खेल बराबरीमा सकिएको थियो । विश्वकपमा यी दुईबीच दुईपटक समूहगत चरणमा भेट भएको थियो । दुबै खेल बराबरीमा सकिए । सन् २००२ को विश्वकपको उद्घाटन खेलमा स्वीडेन र इङल्याण्डले १–१ को बराबरी खेले । त्यस्तै २००६ मा भएको खेल पनि सोही बराबरीमा सकिएको थियो ।

विश्वकपको छनोटसहितका अन्य प्रतिस्पर्धात्मक खेलको ८ भेटमा इङल्याण्डले मात्रै एक र स्वीडेनले २ खेल जितेको छ भने ५ खेल बराबरीमा सकिए । यी दुईबीच पछिल्लो समय सन् २०१२ को नोभेम्बरमा मैत्रीपूर्ण खेलमा आमने सामने भएको थियो ।

स्वीडेनले प्रशिक्षकले जेन एन्डरसन अहिलेको इंग्ल्याण्ड टिम भने पहिलेको जस्तो कठीन टिम नभएको बताएका छन् । उनले इंग्लिस टिमविरुद्ध राम्रो गर्ने बताएका छन् ।

‘७० को दशकमा म इंग्लिस फुटबल नै हेरेर हुर्किएको हो । त्यो बेला टेलिभिजनमा पनि हप्तामा आउने इंग्लिस फुटबलबाहेक अरु खेल देखाउँदैन थियो । इंग्ल्याण्ड र मेरो दोस्रो देश नै हो । अहिले स्वीडेन टिमको मुख्य प्रशिक्षकका रुपमा इंग्ल्याण्ड टिमसँग विश्वकप क्वाटरफाइनलमा भेट हुँदा खुसी लागेको छ ।’ उनले भने, ‘फुटबलको विकाससँगै जितका लागि हुँदै आएको भिडन्त निकै नै फरक भइसकेको छ । अहिलेको इंग्ल्याण्ड टिम भने पहिलेको जस्तो कठीन टिम हो जस्तो लाग्दैन् ।’

यस्तै यता इंग्ल्याण्डका प्रशिक्षक ग्यारथ साउथगेटले स्वीडेनविरुद्ध अघिल्लो खेलहरु जस्तो जितका लागि ढुक्क हुने अवस्था नरहेको बताएका छन् । ‘यस्तो अवसर हाम्रा लागि फेरि आउने छैन । गएको केही वर्षदेखि हाम्रो मेहनत राम्रो छ । नतिजा पनि आइरहेको छ ।’ उनले भने, ‘हरेक खेलले अघिल्लो खेलका लागि ज्ञान मिलिरहेको । ढुक्क हुने ठाउँ त छैन तर हामी राम्ररी खेल्ने छौँ । यो अवस्था गुमाउनु हाम्रा लागि खतरनाक पनि हुन सक्छ । हामीले जसरी खेलिरहेका छौँ त्यसमा मलाई गर्व पनि लागेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७