असइको परीक्षामा तीन सय ३० उत्तीर्ण (सूचीसहित)
काठमाडौं, २५ असार । नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असइ) पदको परीक्षामा ३३० जना उत्तीर्ण भएका छन् । प्रहरी प्रधान कार्यालयले आइतबार सार्वजनिक गरेको नतिजा अनुसार ३१४ जना खुला प्रतिष्पर्धा र १६ जना समावेशी कोटा गरी ३३० जना उत्तीर्ण भएका छन् ।
असईका लागि २०७४ साउन ३१ गते प्रकाशित विज्ञापन प्रकाशित गरिएकोमा अन्तरवार्ता परीक्षामा सहभागी भएका खुल्ला, अमर अशक्त प्रहरी परिवार तथा समावेशी समूह तर्फका उम्मेद्वारहरुको अन्तिम नतिजा प्रकाशन भएको हो ।
उत्तीर्ण भएकालाई असार २७ गते बुधबार प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखामा सम्पर्क राख्न प्रहरी प्रधान कार्यालयले भनेको छ ।
हेर्नुस् सूची