नेपाल,चीन र भारतका वाम बुद्धिजीवी सम्मेलन हुँदै


१६ कार्तिक २०७४, बिहीबार

काठमाडौं : अक्टोबर क्रान्तिको एक सय वर्ष पुगेको सन्दर्भमा आगामी साता काठमाडौंमा नेपाल, चीन र भारतका वामपन्थी बुद्धिजीवीहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।
नेपाल वैकल्पिक अनुसन्धान समाजले आयोजना गर्ने सम्मेलनमा तीन देशका कम्युनिस्ट शक्तिहरुबीचको आपसी सहकार्य र माक्र्सवादी विचारधाराबारे चिन्तन हुने समाजका अध्यक्ष डा. महेश मास्केले बताएका छन् ।

mahobadi jhanda
आउँदो नोभेम्बर ८, ९ र १० मा हुने सम्मेलनमा तीनै देशका प्राध्यापक, बुद्धिजीवी, लेखक, विद्यार्थी नेतालगायत सहभागी हुनेछन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’ले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। अध्यक्ष मास्केले नेपालमा वाम गठबन्धनले निर्वाचन जितेर आफ्ना प्रतिबद्धता पूरा गरेमा समृद्धिको यात्रा तय हुने बताए ।
भारतबाट वाम बुद्धिजीवीहरु प्रख्यात पटना, सिपी चन्द्रशेखर, आनन्दस्वरुप वर्मा तथा चीनबाट चाइनिज एकेडेमी अफ सोसल साइन्सका प्रतिनिधि सहभागी हुनेछन् ।
सन् १९१७ नोभेम्बर ७ मा रुसमा तत्कालीन सत्ताको विरोधमा कम्युनिस्टहरुले चलाएको आन्दोलन सफल भएको दिनलाई अक्टोबर क्रान्तिका रुपमा स्मरण गरिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७