मन्त्री थापाको निर्देशनमा एकै दिनमा बाँडियो एक करोड (सूचीसहित)
काठमाडौँ, १ साउन । समाज कल्याण परिषद्ले एकै दिनमा एक करोड रुपैयाँ रकम बाँडेको छ । आर्थिक वर्षको अन्तिममा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री एवं परिषद्की अध्यक्ष थममाया थापा अध्यक्षतामा बसेको बैठकले ३३ वटा संघरसंस्थालाई ९९ लाख ७५ हजार रुपैयाँ बाँडेको हो ।
मन्त्री थापाको अध्यक्षतामा असार २१ गते बसेको कार्यसञ्चालन समितिको वैठकको निर्णय अनुसार उक्त रकम बाँडिएको हो । परिषद्का सदस्य सचिव डिल्लीप्रसाद भट्टले प्रस्तावहरुको अध्ययन गरेर नै बाँडेको बताए । उनले बजेट फ्रिज हुन दिनुभन्दा आवको अन्तिममा भए पनि रकम बाँड्नु उपयुक्त हुने देखेर निर्णय गरिएको बताए ।
बाँडिएको रकमा न्यूनतम दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म रहेको छ । पाँच लाख र चार लाख पँचार हजार रुपैयाँ पाउने एक संस्था रहेको छ । महिला तथा बालबालिका उद्धार केन्द्र गोरखाले पाँच लाख पाएका छन भने म्याग्दी मगर समाज, काठमाडौंलाई चार लाख पचास हजार रुपैयाँ बाडिएको छ ।
यस्तै दुई लाख पचास हजार पाउने ११, तीन लाख पाउने ११, तीन लाख पँचास हजार पाउने ३, चार लाख पाउने ३ संस्था रहेको छ ।
कुन संस्थाले कति पाए ?
१. असल शासन कलब, जिसस दार्चुला : रु ३,००,०००/
२. म्याग्दी मगर समाज, काठमाडौं, : रु. ४,५०,०००/
३. सामुदायिक वातावरणीय विकास केन्द्र कन्चनपुर : रु, ३,५०,०००/
४. नव प्रतिभा समुह, कैलाली : रु, ३,००,०००/
५.सोलुखुम्बु फाउण्डेसन, सोलुखुम्बु : रु, ३,५०,००० /
६. महिला सशक्तिकुरण समाज, कन्चनपुर : रु,३,५०,०००/
७. परिवर्तन समाज नेपाल, डोटी : रु, ४,००,०००/
८. महिला उत्थान समाज, बैतडी : रु, ३,५०,००० /
९. महिला मुक्ति मन्च, डडेल्धुरा : रु, ३,००,०००/
१०. पुकार अपांग अशक्त समाज, झापा : रु, २, ५०,०००/
११. जनहित कल्याण महोत्तरी : रु २,५०,००० /
१२. शान्ति समाज नेपाल , काठमाडौं, : रु, २,२५,०००/
१३. मानवअधिकार र विकास केन्द्र, सिरहा : रु,४,००,०००/
१४. दलित सेवा संघ, सिन्धुली : रु २,००,०००/
१५. क्यान्सर समाज नेपाल, काठमाडौं : रु ३,००,०००/
१६. जनसेवा युवा उत्थान केन्द्र धनुषा : रु४,००,०००/
१७. जीत वं सिंजाली मगर साहित्य प्रतिष्ठान, काठमाडौं : रु २,००,०००/
१८ नारी उत्थान केन्द्र कन्चनपुर : रु, ३,००,०००/
१९ समृद्ध कर्णाली अभियान हुम्ला : रु २,५०,०००/
२०. बन्धु मिलन युवा समिति, बझाङ : रु२,५०,००० /
२१. महिला तथा बालबालिका उद्धार केन्द्र गोरखा : रु ५,००,०००/
२२. समृद्धि नेपाल : रु३,००,०००/
२३. समृद्धि मन्च कालिकोटा: रु ३,००,०००/
२४. बहुउद्देश्य अनुसन्धान विकास र नमुना नेपाल, काठमाडौ : रु २,५०,००० /
२५.राष्ट्रिय शारीरिक अपांग संघ ललितपुर : रु २,५०,०००/
२६. एकीकरण नेपाल गोरखा : रु २,५०,००० /
२७. किताबी चरो काठमाडौं : रु २,५०,०००/
२८. एपी थेरापी एशोसिएसन काठमाडौं : रु, ३,००,०००/
२९. भिजन नेपाल सिन्धुली : रु, २,५०,०००/
३०. दुर्गा दशरथ स्मृति प्रतिष्ठान, कैलाली : रु २,५०,०००/
३१.हिल नेपाल काठमाडौं, : रु, ३,००,०००/
३२. महिला मानव अधिकार जागरण अभियान झापा : रु, ३,००,०००/
३३. गतिशील जनचेतना अभियान गुल्मी : रु ३,००,०००/