चिकित्सक संघको निर्णय विरुद्ध चिकित्सकहरु नै उभिए, उपचार नरोक्ने घोषणा


२ श्रावण २०७५, बुधबार
doctor

काठमाडौं, २ साउन : भोलिबाट देशभरका सबै अस्पतालमा सेवा ठप्प पार्ने नेपाल चिकित्सक संघको निर्णय बिरुद्ध चिकित्सकहरु नै उभिएको छ । संघले डा गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै आकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको थियो ।

doctor

नेपाल चिकित्सक संघ (एनएमए)ले एकतर्फी गरेको भन्दै राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशिल चिकित्सक संघले बिरोध जनाएको हो । नेपाल चिकित्सक संघले बुधबार पत्रकार सम्मेलन गरेर बिहीबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पार्ने घोषणा गरे लगत्तै यसको बिरोध भएको हो ।

राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशिल चिकित्सक संघले घोषणाको विरोध गर्दै अस्पतालबाट सेवा दिने भएका हुन् । राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा. सन्तोष पौडेलले अनुसार सरकारले वार्ता टोली गठन गरेर सहमति खोजिरहेकाले अस्पतालको सेवा बन्द गर्ने कार्यक्रम जायज नलागेको बताए । यी दुबै संघको पत्रकार सम्मेलन अहिले काठमाडौंमा जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७