देशकै जेठो उद्योग विराटनगर जुट मिल आजदेखि पुनः सञ्चालन


३ श्रावण २०७५, बिहीबार
jut mil

विराटनगर, ३ असार । विगत लामो समयदेखि बन्द विराटनगर जुटमिल पुनःआजदेखि सञ्चालनमा आएको छ । मिल सञ्चालक समितिका अध्यक्ष वसन्त वनले सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । मिलको मर्मत र विद्युत् जडानसम्बन्धी कार्य सम्पन्न गरिएकाले मिल सञ्चालन गर्न लागिएको उनले बताए । jut mil

मिल सञ्चालनका लागि ११ केभिए विद्युत् लाइन जडान सम्पन्न भएको र परीक्षणस्वरुप दैनिक छ टन जुटको सामग्री मिलबाट उत्पादन गर्ने लक्ष्य राखिएको अध्यक्ष वन बताउँछन् । मिल पूर्ण सञ्चालनमा आए दैनिक २० टन जुटको सामग्री उत्पादन हुनेछ । विसं १९९३ मा स्थापित सो मिल मुलुकको सबैभन्दा जेठो उद्योग हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७