आयल निगममा आपुर्ति सचिव देवकोटाको यस्तो चलखेल


१९ कार्तिक २०७४, आईतवार

 काठमाडौँ : आपूर्ति मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले नेपाल आयल निगममा चलखेल सुरु गरेका छन् । निगमको सञ्चालक समितिको अध्यक्ष आपूर्ति सचिव रहने व्यवस्था छ । भूमि सुधार मन्त्रालयमा रहँदा भुमाफियाहरुसँग साँठगाँठ गरेर करोडौ कुम्ल्याएका देवकोटाले अहिले निगमलाई दोहन गर्ने योजनामा लागेका छन् । यो योजनालाई मुर्त रूप दिन उनले आपूर्ति मन्त्री जयन्त चन्दलाई हजुरको राजनीति चौपट हुन्छ भनेर दबाब दिँदै निगमका कार्यकारी निर्देशक गोपाल बाहादुर खड्कालाई मन्त्रालय हाजिर गराउन सफल भएका छन् ।

nepal oil nigam

यस अघिका आपूर्ति मन्त्री शिबकुमार मण्डललाई प्रभावमा पारेका यिनै सचिव देवकोटाले पेट्रोलियम भण्डारण गृहको जग्गा खरिदमा अनियमितता गरेको आरोप लगाउँदै खड्कालाई बर्खास्त गर्न सिफारिस गरेका थिए । तर सर्वोच्च अदालतले स्टेअर्डर दिए पछि खड्का पुनः निगम फर्किएका थिए ।

चलखेलका चतुर खेलाडी
सचिव देवकोटा आर्थिक चलखेलका माहारथीका रूपमा सिहंदरवारमा कहलिएका छन् । भुमीसुधारमा हुँदा भुमाफीयाहरुसँग घनिष्ठ रहेका उनले मालपोत र नापी कार्यालयका प्रमुखहरुलाई आफ्नो स्वार्थ सिद्धका लागि प्रयोग गर्ने गरेको चर्चा पनि सिहंदरवारमा हुने गरेको छ । आपूर्ति मन्त्रालय आउनसाथ सचिव देवकोटाको गिद्धे नजर आयल निगममा परेको हो । पेट्रोलियम भण्डारणगृहका लागि सरकारको ठाडो आदेशमा निगमले टेण्डर गरेर खरिद गरेको जग्गामा पनि सचिव देवकोटाले निगम व्यवस्थापनको ढाडमा टेकेर पार्टीहरुसँग मोटो कमिसनको माग गरेको निगम स्रोत बताउँछ ।

कमिसन नपाउने भए पछि सचिव देवकोटाले जग्गा खरिद काण्डमा अनियमितता भएको मिडियावाजी गराएका थिए । नयाँ पेट्रोलपम्प , ट्याकंर दर्ता र सञ्चालनमा रहेका सबै ग्याँस उद्योगहरुसँग मोटो रकमको दाबी गरे पछि उनको निगम व्यवस्थापनसँग सम्बन्ध बिग्रिएको थियो । लेनदेनमा कुरा नमिले पछि सञ्चालक समितिबाटै निर्देशक खड्कालाई कार्बाही गरेर देखाईदिने धम्की दिएका थिए । सचिव देवकोटा बाहिरबाट हेर्दा जति भलाद्मी देखिन्छन् भित्रबाट त पुरै रकमी मान्छे रहेछन् । सञ्चालक समितिका एक सदस्यले नाम नखोल्ने सर्तमा भने, ‘खड्कालाई हटाएर निगममा अर्कैलाई कार्यकारी निर्देशक बनाएर ल्याउन उनले ६ करोड रुपैयाँको डिल समेत गरिसकेको प्रमाण हामीसगँ छ मन्त्री चन्दलाई भने यस कुराको जानकारी समेत छैन ।’

बोक्सि पनि आफै, धामी पनि आफै
आपूर्ति मन्त्रालयमा आउनसाथ जग्गा खरिदको फायल मगाएका सचिव देवकोटाले सञ्चालक समितिको बैठकमा मिडियाहरुमा आए जस्तो जग्गा खरिदमा अनियमितता भएको खासै देखिएन भनेर कार्बाही रोकेका थिए । पछि तिनै सचिव देवकोटाले कार्यकारी निर्देशक खड्कालाई बर्खास्त गर्ने सिफारिस गरेर चिन हानिएका थिए ।

स्टेअर्डर लिएर आएका खड्कासँग मिलेर काम गर्ने सङ्केत गरेका तिनै सचिवले फेरी तत्कालीन आपूर्ति मन्त्री शिवकुमार मण्डललाई मन्त्रालय हाजिर गराउनका लागि निर्वाचन आयोगसँग सहमति ल्याउन उक्साएका थिए । तर सरुवाको सहमति ल्याउनसाथ मन्त्री मण्डल विना विभागिय बने पछि तत्कालका लागि सचिव देवकोटाको योजनामा तुवाँलो लागेको थियो ।

कार्यकारी निर्देशक खड्का मन्त्रालय तानिएपछी निमित्त कार्यकारी निर्देशक बनाईएका सुशील भट्टराई मन्त्रीको हर्कतले अहिले तनावमा छन् । निगमको दैनिक कार्य सञ्चालन देखी लिएर सबै काममा सचिव देवकोटाले हस्तक्षेप गरेपछि कार्यकारी निर्देशक खड्कालाई सर तपाँई छिट्रै आउनु प¥यो मैले सचिवलाई झेल्न सकिन भनेर फोनमा भन्ने गरेका छन् । खड्का भने मन्त्रालयले मिलाएर पठाए तत्काल जाने नत्र अदालत गएर पनि निगम आउने मुडमा छन् ।

डिपो प्रमुखहरु आतकिंत
सचिव देवकोटाले फोन गरेर मोटै रकम माग गर्न थाले पछि आयल निगमका डिपो प्रमुखहरु आतकिंत बनेका छन् । मन्त्री चन्दलाई चुनाव खर्च भन्दै सचिव देवकोटाले डिपो प्रमुखहरुसँग १ लाख देखी ५ लाख रुपैयाँसम्म माग्ने गरेको स्रोतको दाबी छ । मन्त्री चन्द भने चुनाव प्रचारप्रसारमा काठमाडौँ बाहिर छन् र एक साता पछि मात्रै काठमाडौँ फर्किदैछन् ।

मन्त्रीको चुनाव खर्च भन्दै चन्दा आतकिंत
आपूर्ति सचिव कृष्ण प्रसाद देवकोटाले फोन गरेर मोटै रकम माग गर्न थाले पछि नेपाल आयल निगमका डिपो प्रमुखहरु आतकिंत बनेका छन् । आपूर्ति मन्त्री जयन्त चन्दलाई चुनाव खर्च भन्दै सचिव देवकोटाले डिपो प्रमुखहरुसँग १ लाख देखी ५ लाख रुपैयाँसम्म माग्ने गरेको स्रोतको दाबी छ । मन्त्री चन्द भने चुनाव प्रचारप्रसारमा काठमाडौँ बाहिर छन् र एक साता पछि मात्रै काठमाडौँ फर्किदैछन् ।
कार्यकारी निर्देशक गोपाल बहादुर खड्का मन्त्रालय तानिएपछी निमित्त कार्यकारी निर्देशक बनाईएका सुशील भट्टराई मन्त्रीको हर्कतले अहिले तनावमा छन् । निगमको दैनिक कार्य सञ्चालन देखी लिएर सबै काममा सचिव देवकोटाले हस्तक्षेप गरेपछि कार्यकारी निर्देशक खड्कालाई सर तपाँई छिट्रै आउनु प¥यो मैले सचिवलाई झेल्न सकिन भनेर फोनमा भन्ने गरेका छन् । खड्का भने मन्त्रालयले मिलाएर पठाए तत्काल जाने नत्र अदालत गएर पनि निगम आउने मुडमा छन् ।
आपूर्ति मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले नेपाल आयल निगममा चलखेल तीव्र पारेकाछन् । निगमको सञ्चालक समितिको अध्यक्ष आपूर्ति सचिव रहने व्यवस्था छ । भूमि सुधार मन्त्रालयमा रहँदा भुमाफियाहरुसँग साँठगाँठ गरेर करोडौ कुम्ल्याएका देवकोटाले अहिले निगमलाई दोहन गर्ने योजनामा लागेका छन् ।, र यो योजनालाई मुर्त रूप दिन उनले आपूर्ति मन्त्री जयन्त चन्दलाई हजुरको राजनीति चौपट हुन्छ भनेर प्रेसर दिँदै निगमका कार्यकारी निर्देशक गोपाल बाहादुर खड्कालाई मन्त्रालय हाजिर गराउन सफल भएका छन् । यस अघिका आपूर्ति मन्त्री शिबकुमार मण्डललाई प्रभावमा पारेका यिनै सचिव देवकोटाले पेट्रोलियम भण्डारणगृहको जग्गा खरिदमा अनियमितता गरेको आरोप लगाउँदै खड्कालाई बर्खास्त गर्न सिफारिस गरेका थिए । तर सर्वोच्च अदालतले स्टेअर्डर दिए पछि खड्का पुनः निगम फर्किएका थिए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७