उर्जा क्षेत्रमा लगानी गर्ने इजरायली राजदूतको प्रतिवद्धता


१४ श्रावण २०७५, सोमबार
energy minister pun

काठमाडौं, १४ साउन । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बर्षमान पुन र नेपालका लागि इजरायली राजदूत बेन्नी ओमेरबीच आज भेटवार्ता भएको छ । energy minister pun

सिंहदरबारस्थित उर्जा मन्त्रालयमा भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमा छलफल भएको जनाइएको छ । भेटमा उर्जामन्त्री पुनले नेपालमा नयाँ संविधान जारी भइसकेपछि विकास र समृद्धिको युग शुरु भएको भन्दै इजरायली लगानीकर्तालाई उर्जा क्षेत्रमा लगानीको वातावरण बनाई दिन राजदूत ओमेरसंग आग्रह गरेका छन् । नेपाललाई १० वर्षमा १० हजार मेगावाट विजुलीको खाँचो रहेको राजदूत ओमेरलाई जानकारी गराउँदै उर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरिएको जनाइएको छ ।

उनले इजरायलसँग धेरै लामो कुटनीतिक सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत सम्बन्ध अझ मजबुत बन्दै जानेमा आफू विश्वास रहेको समेत बताएका छन् । भेटमा इजरायली राजदूत ओमेरले उर्जा र सिंचाइको क्षेत्रमा सहकार्य गर्न इजरायल सरकार इच्छुक रहेको बताएका छन् । उनले उर्जामा लगानीका लागि इजरायलले पार्टनर खोजिरहेको जानकारी गराउँदै त्यसका लागि सरकारलाई सहयोग गर्न आफूहरु तयार रहेको बताएका छन् । ‘नेपालको जलविद्युतमा लगानी गर्न इजरायबाट निजी क्षेत्र आउन तयार छ, त्यसका लागि हामी पार्टनर पनि खोजिरहेका छौ’, भेटमा राजदूत ओमेरले भने । उनले विओटी मोडलमा काम गर्न इजरायल इच्छुक रहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७