कांग्रेसका पूर्व सांसद विश्वकर्मा हिरासतमा


२२ श्रावण २०७५, मंगलवार
mitha SEWzdCe3AI

काठमाडौं, २२ साउन । युवालाई अमेरिकाको सपना देखाउँदै ठगी गरेको आरोपमा एक पूर्व सांसद पक्राउपछि हिरासतमा थुनिएका छन् ।

mitha SEWzdCe3AI

अमेरिका पठाई दिने भन्दै दुई व्यक्तिसँग ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा नेपाली कांग्रेसका पूर्व सांसद मीठाराम विश्वकर्मालाई वैदेशिक रोजगार विभागले पक्राउ गरेर हिरासतमा राखेको हो । विश्वकर्माले पर्वतका ज्ञानेन्द्रबहादुर जोशी र सोही ठाउँका सञ्जय जोशीसँग पटक–पटक गरी अमेरिका पठाई दिन्छु भन्दै ८ लाख रुपँयौ ठगेको उजुरी परेको विभागले जानकारी दिएको छ ।

रोजगारीको प्रलोभन देखाई युवालाई ठगी गरेकोमा विभागले उनलाई ४ लाख जरिवाना समेत तोकेको छ । अमेरिका नपठाएपछि पीडितले विश्वकर्मका नाममा विभागमा गत हप्ता उजुरी दर्ता गराएको विभागका प्रवक्ता उद्धवप्रसाद रिजालले जानकारी दिएका छन् । पीडितले दिएको उजुरीको आधारमा विश्वकर्मालाई प्रहरीको सहयोगमा पक्राउ गरेको उनको भनाइ छ ।

विश्वकर्माको ठगी मुद्दा यही साता वैदेशिक रोजगार न्यायाधिकरणमा दर्ता हुने विभागले जानकारी दिएको छ । नेपाली कांग्रेसका पर्वत जिल्लाका सांसद तथा अन्तरिम व्यवस्थापिका संसदको सदस्य समेत रहेका विश्वकर्मा ४ हप्तादेखि ठगीको मुद्दामा विभागको हिरासतमा छन् । उनी २०६४ र २०७० को संविधानसभा निर्वाचनमा पर्वतबाट समानुपातिकबाट चुनिएका थिए । उनले यो भन्दा अगाडि पनि अमेरिका पठाई दिन्छु भन्दै केही युवाबाट २५ लाखभन्दा बढी नगद ठगी गरेको खुलेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७