९२ बुंदे वक्तव्य दिंदै प्रधानसेनापति क्षत्रीले कमाण्ड छाडे (वक्तव्यसहित)


२४ श्रावण २०७५, बिहीबार
rajendra chetri

काठमाडौं, २४ साउन । प्रधान सेनापति राजेन्द्र क्षत्रीले जंगी अड्डाको कमाण्डा बिहीबारबाट छोडेका छन् ।

rajendra chetri
प्रधानसेनापति राजेन्द्र क्षत्री । उनी सेनाको कमाण्ड बलाधिकृत रथी पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेर बिहीबारबाट विदामा बसेका छन् । तस्विर : फाइल

उनले जाँदा–जाँदै ९२ बुंदे सम्बोधन वक्तव्यमार्फत भूकम्पमा सेनाले गरेको उद्धारदेखि निर्वाचन सम्पन्न गर्ने भूमिकासम्मलाई आफ्नो सफलताको सूचीमा राखेका छन् । राष्ट्रिय सुरक्षा नीति निर्माण, इतिहासमा पहिलो पटक महिलाहरुको लागि गोरखखाली गुल्म स्थापना गरिएको उनले बताए ।

उनले अझै पनि देशलाई विखण्डनतिर लैजाने मानसिकता देखिएकाले सम्पूर्ण नेता तथा सुरक्षा अङ्गहरुले यसलाई समेत रुपमा हेर्नुपर्ने औंल्याए । विदामा बस्नुअघि जंगीअड्डामा सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले साम्प्रादायिक भावना फैलाउन खोज्ने जातीय, भाषिक, धार्मिक, क्षेत्रीय एजेण्डा बोकेका विखण्डनकारीहरु तथा अपराधिक तत्वहरु सलबलाउन थालेको चिन्ता व्यक्त गरेका छन् ।

‘साम्प्रादायिक भावना फैलाउन खोज्ने विखण्डनकारीहरु तथा अपराधिक तत्वहरु सलबलाउन थालेको छन् ।’ उनले विध्वंशकारी घटनाहरु घटाएर कुनै न कुनै बहानामा द्वन्द्वको निरन्तरता चाहने तत्वहरु सक्रिय हुन थालेको र यसले सुरक्षमा जटिलता थपेको छ,’ उनले भने ।
सेनापति क्षेत्रीले कुनै पनि आवरणमा हुने अबाञ्छित तथा अराजक गतिविधिलाई निस्तेज पार्न सेनाले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

क्षत्री विदा भएसँगै बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिका रुपमा बिहीबारदेखि नेपाली सेनाको कमाण्ड सम्हालेका छन् । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा बलाधिकृतरथी थापालाई नेपाली सेनाको सबै काम कार्वाही बुझबुझारथ गरेका छन् ।

प्रधानसेनापतिले आफ्नो कार्यकाल सकिनु भन्दा एक महिना अघिदेखि बिदा बस्ने परम्पराअनुरुप क्षत्रीले कमाण्ड हस्तान्तरण गरेका हुन् । बलाधिकृत रथी थापाले भदौ २३ गतेदेखि मात्र नेपालको ४३ औं प्रधानसेनापतिको पूर्ण जिम्मेवारी सम्हाल्ने छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापालाई आज (बिहीबार) देखि लागू हुने गरी कायममुकायम प्रधानसेनापतिमा नियुक्त गरिसकेका छिन् ।

हेर्नुस् सम्वोधन (वक्तव्य) को पूर्णपाठ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७