डन गणेश लामाको डेढ करोड जफत गर्दै एक वर्ष कैद फैसला, २५ करोड जोगियो


२४ श्रावण २०७५, बिहीबार
Ganesh lama don

काठमाडौं, २४ साउन । गुण्डा नाइके गणेश लामाको सम्पति अवैध आर्जन भएको अनुमान चर्चा चलिरहेका बेला उनको ठूलो रकम जोगिएको छ ।

Ganesh lama don
गुण्डा नाइके गणेश लामा । तस्विर : फाइल

गुण्डा नाइके गणेश लामाले कमाएको २७ करोडमध्ये एक करोड ४० लाख सम्पत्तिको मात्र स्रोत नखुलेको निष्कर्ष विशेष अदालतले निकालेको छ । अदालतले सम्पत्ति शुद्धिकरण मुद्दामा लामाको एक करोड ४० लाख ५० हजार बराबरको सम्पत्ति जफत र एक वर्ष कैद फैसला गरेको हो । विशेष अदालत काठमाडौँले बिहीबार लामालाई एक वर्ष कैद र एक करोड ४० लाख ५० हजार बराबरको सम्पत्ति जफत गर्ने फैसला सुनाएको हो ।

अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको संयुक्त इजलासले प्रतिवादी बनाइएका लामाका परिवारका अन्य सदस्यलाई सफाई दिने फैसला गरेको रजिष्ट्रार भीम श्रेष्ठ जानकारी दिएका छन् ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले लामाले अपराध कर्मबाट २७ करोड १ लाख रुपैयाँ सम्पत्ति जोडेको भन्दै २०७० जेठ ५ मा मुद्दा दायर गरेको थियो । विभाग र केन्द्रीय अनुसन्धान ब्युरोको अधिकारीले गरेको अनुसन्धानमा लामाको २७ करोड सम्पत्तिको स्रोत खुलेको थिएन् । लामा हातहतियार तथा खरखजाना मुद्दामा पूर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७