यात्रुलाई दुव्र्यबहार गरेको भिडियो भाइरल भएपछि सरकारले छानबीन समिति (भिडियोसहित)


२२ कार्तिक २०७४, बुधबार
23435672 2047396075489506 431203845 n

नयाँ दिल्ली: भारतको राजधानी नयाँ दिल्लीस्थित एक अन्तरराष्ट्रिय विमानस्थलमा इन्डिगो एयरलाइन्सका कर्मचारीले यात्रुलाई दुव्र्यबहार गरेको भिडियो भाइरल भएपछि सरकारले छानबीन समिति गठन गरेको छ ।

भारतको चेन्नइबाट नयाँ दिल्लीस्थित इन्दिरागान्धी अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेका एकजना यात्रुलाई विमानस्थल मै भारतको इन्डिगो एयरलाइन्सका कर्मचारीले दुव्र्यबहार गरेका थिए ।मङ्गलबार सार्वजनिक भएको सो भिडियोमा एकजना यात्रुलाई विमान अवतरण गरेपछि बाहिर निस्किने क्रममा घाँटीमा समातेर लछार्दै बाहिर निकालेका छन् । उक्त दुव्र्यबहारसम्बन्धी भिडियो मङ्गलबार मात्र सार्वजनिक भएको थियो । उक्त भिडियो मङ्गलबार नै भारतका करोडौँ नागरिकले हेरिसकेका छन् ।

उक्त भिडियो भाइरल भएपछि उक्त एयरलाइन्सले भने सार्वजनिकरुपमा नै माफी मागेको छ । तर सर्वसाधारण यात्रुमाथि गरिएको सो दुव्र्यबहारप्रति देशव्यापीरुपमा बढेको आक्रोस अझै मत्थर भने भएको छैन ।

घटनाको छानबीन गर्न बुधबार बिहानै एक छानबीन समिति गठन गरिएको जानकारी भारतीय नागरिक उड्डयन मन्त्री अशोक गजापतिले दिनुभएको छ । भारतीय नागरिक उड्डयन निकायका महानिर्देशकको संयोजकत्वमा सो समिति गठन गरिएको छ । उनलाई उक्त घटनाको सत्यतथ्य छानबीन गरी सरकारलाई प्रतिवेदन दिन भनिएको छ ।

मन्त्री गजापतिले भन्नुभएको छ– ‘एयरलाइन्सजस्तो सार्वजनिक सेवा प्रदायक निकायबाट यात्रुमा गरिएको यो व्यबहार निन्दनीय छ, दोषीमाथि कारबाही हुन्छ हामीले यस घटनाको छानबीन सुरु गरिसकेका छौँ ।’

भारतीय नागरिक उड्डयन मन्त्री अशोक गजापतिले मङ्गलबार साँझ नै सो सम्बन्धी छानबीनका लागि समिति गठन गर्ने जानकारी दिनुभएको थियो ।उनलाई भौतिकरुपमा लछारपखार पार्नुको साथै गाली गलौज पनि गरिएको सार्वजनिक भएको सो भिडियाको फुटेजहरुमा देखिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७