दोरम्बा हत्याकाण्ड दरवारको ठाडो निर्देशनमा भएको हो : प्रचण्ड

प्रचण्ड पहिलो पटक दोरम्बामा


३१ श्रावण २०७५, बिहीबार
Parchanda at Doramba

रामेछाप, ३१ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोरम्बा हत्याकाण्ड दरबारको ठाडो निर्देशनमा भएको बताएका छन् । ०६० साल साउन ३२ गत रामेछापको दोरम्बामा आफ्ना पार्टीका कार्यकर्ताको हत्या शाही नेपाली सेनाले नभई दरवारको ठाडो निर्देशनमा भएको उनको भनाई छ ।

Parchanda at Doramba



बिहिबार १५ औं दोरम्बा हत्याकाण्ड स्मृती सभामा तथा सहिद परिवारका सदस्यहरुलाई सम्मान कार्यक्रममा बोल्दै प्रचण्डले दोश्रो पटक भएको वार्तालाई विफल बनाएर शासन सत्ता हातमा लिने उद्देश्यका साथ नियोजित घटना घटाइएको बताए ।

०६० साल साउन ३२ गते युद्धविराम भएको बेला तत्कालीन राज्य पक्षले माओवादी पार्टीको बैठक भइरहेको स्थानमा घेरा हाली २ जनाको घटनास्थलमा नै र १९ जनालाई घटनास्थलबाट १ घण्टा टाढा लगि गोली हानी हत्या गरेको थियो ।

अध्यक्ष प्रचण्डले यस हत्याकाण्डपछि देशमा गणतन्त्र ल्याउन सफल भएको बताए । तत्कालीन शाही नेपाली सेनाले निर्ममतापूर्वक माओवादी कार्यकर्तालाई मारिएको घटना स्मरण गर्दै सहिदले गर्दा संघीय गणतन्त्र र पार्टी एकीकरण भएको भन्दै सहिद परिवारका सदस्यहरुलाई मन दरो पार्न अनुरोध गरे ।

दोरम्बालाई युद्ध पर्यटन क्षेत्रको रुपमा विकास गर्ने भन्दै उनले शहीदहरुले देखाएको बाटोमा नेपाल कम्युनिस्ट पार्टी सधैं लागि रहने बताए ।  उनले काभ्रे, रामेछापको वेथानको पानीघाट हुँदै दोरम्वा र काभ्रेको शैलुङ्ग क्षेत्रसम्म तीन जिल्लालाई समेटेर युद्ध पर्यटकीय मार्ग बनाएर जनताको जीवनस्तर उकास्ने पर्यटनको क्षेत्रमा काम गर्न आवश्यक बजेट व्यवस्थापन गर्ने बताए । उनले सहिद परिवारका बालबच्चाको शिक्षा र स्वास्थ्यमा ध्यान दिने र द्वन्द्वमा मारिएका सबैको भरण पोषण सरकारले गर्नु पर्ने बताए ।

पीडितले हत्याकाण्ड भएको १५ वर्ष हुँदा पनि न्याय नपाएको भन्दै गुनासो गर्दै आएका छन् । यसैगरी नेकपाका अध्यक्ष प्रचण्डले न्यायका लागि पहल गर्ने आश्वसन दिए पनि पीडितहरु विश्वस्त हुन सकेका छैन । दुई चरणमा घटनाको अनुसन्धान गरिए पनि घटनामा नेपाली सेना दोषी भएको भन्दै अन्तराष्ट्रि मानव अधिकार संस्था एमनेष्टि इन्टरनेसनलले पीडितलाई न्याय र पीडकलाई कारबाही गर्न सरकारलाई सिफारिस गरिएको थियो । तर, सरकारले पीडकलाई उन्मुक्ति दिएको पीडित परिवारको गुनासो छ ।

दोरम्बा घट्ना जस्तो गम्भीर मानवअधिकार उलंघनको घटनालाई आयोगले छुटटै रुपमा छानविन गर्नुपर्ने तामाङ राष्ट्रिय मुक्ति मोर्चाका नेता टंकलाल घिसिङले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७