नजिकबाट हत्या गरिएका पूर्व राजदूत झा, जसले राजा वीरेन्द्रलाई एशिया भ्रमण गराएका थिए


४ भाद्र २०७५, सोमबार
keshav

काठमाडौं, ४ भदौ । पूर्व राजदूत केशबराज झाको आज आफ्नै निवासमा हत्या भयो । ८० बर्षीय झाको सोमबार बिहान बबरमहल कुरियागाउँस्थित निवासमै हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहेको छ ।

keshav

झाको हत्या प्रकरण छानवीन गर्न प्रहरीले जर्मन सेफर्ड म्याक्स कुकुर परिचालन गरेको छ । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले सहयोगका लागि प्रहरी स्कुलबाट दुई वटा कुकुर मगाएर अनुसन्धान गरिरहेको छ ।

उनका छोरा डा. किरणराज झा आयरल्याण्डमा बस्दै आएका छन् । उनकी एक जना छोरी पनि छन् । झा बबरमहलस्थित निवासमा श्रीमति ज्ञानु झासँग बस्दै आएका थिए । छोरा शनिवार मात्र विदेश उडेका थिए ।

नजिकबाट पूर्व राजदूत झा
–राजदूत झाको जागिरे जीवन राजकीय संस्कृत महाविद्यालयको शिक्षकको रुपमा भएको थियो । त्यो बेला सरकारी विद्यालयका शिक्षक नेपाल सरकार शाखा अधिकृत सरह मानिन्थे । त्यसैले उक्त महाविद्यालयको शिक्षकबाट उनी बिसं २०२३ मा परराष्ट्र मन्त्रालयमा सरुवा भएका थिए ।

–परराष्ट्र मन्त्रालयमा सरुवा भएको केही बर्षपछि उनको पहिलो पोष्टिङ शाखा अधिकृतका रुपमा जर्मनीस्थित नेपाली राजदूतावासमा भएको थियो भने उपसचिव छँद अमेरिकाको राजधानी वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासमा भयो ।

–झा वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासबाट न्यूयोर्क्िस्थत संयुक्त राष्ट्रसंघको स्थायी नियोगमा सरुवा भए ।

– परराष्ट्र मन्त्रालयको सहसचिवमा बढुवा भएपछि चिफ अफ प्रोटोकल बने ।

–परराष्ट्र मन्त्रालयमा ‘चिफ अफ प्रोटोकल’को रुपमा काम गरेका झा ११ चैत्र ०४९ देखि १६ पुष ०५४ सम्म फ्रान्सका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हालेका थिए ।

– राजदूतको ४ बर्षे जिम्मेवारी पुरा गरेर फर्किएपछि झा लामो समय नेपाल विश्व सम्बन्ध परिषद्को अध्यक्ष भए ।

–राजा महेन्द्रपछि तत्कालीन राजा बीरेन्द्रको सन् १९९४ मा एसिया भ्रमण उनकै पहलमा भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७