मेगा बैंक र सिटिजन लाइफबीच बैंकास्योरेन्स सम्झौता


१० भाद्र २०७५, आईतवार
1535276736Mega Citizen

काठमाडौँ, भदौ १० । मेगा बैंक नेपाल र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ।

बैंकको प्रधान कार्यालयमा सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौता अनुसार, अब ग्राहकले मेगा बैंकका देशभरिका शाखाबाट सिटिजन लाइफ इन्स्योरेन्सका जीवन बिमा खरिद गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेभएका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७