साताभर ३९ अंकले नेप्से बढ्यो


२२ भाद्र २०७५, शुक्रबार
nepse photo नेपाल स्टक एक्सचेन्ज

काठमाडौं, भदौ २२ । यो साता शेयर बजारको परिसूचक नेप्से ३९ अंकले बढेको छ। साताको पहिलो दिन आइतबार ११९० अंकमा रहेको परिसूचक अन्तिम दिन १२२९ अंकमा कायम भएको छ।

यो साता स्टक एक्सचेन्जमा १९३ कम्पनीको दुई अर्ब ८८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो।कारोबार रकम गत साताको भन्दा २५९.३४ प्रतिशत बढी हो। गत साता १८० कम्पनीहरुको ८० करोड ३० लाख रुपैयाँको सेयर खरिद बिक्री भएको थियो।

यो साता बैंकिङ ३९, विकास बेंक ३४, वित्त १०, लघुवित्त ३०, होटल २८, जलविद्युत ३४, जीवन बीमा १२८, निर्जीवन बीमा १७७, उत्पादन ७६ तथा अन्य समूह २१ अंकले बढे।

यस साता सेयर कारोबार रकम (२२ करोड ५० हजार रुपैयाँ) को आधारमा एनएमबि बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या ९छ लाख ६४ हजार कित्ता० र कारोबार संख्या (१५४६ वटा) को आधारमा पनि सो बैंक नै अगाडि रह्यो।

कारोबार रकमका आधारमा एनएमबिपछि एनआइसी एसिया, नेपाल लाइफ इन्स्योरेन्स, कुमारी बैंक र इन्भेष्टमेन्ट बैंक अगाडि देखिए।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । ग्रिन डेभलपमेन्ट, एसियन लाइफ इन्स्योरेन्स र प्रभु बैंकका थप सेयर सूचीकृत भएका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७