लोभलालच मतको दुरुपयोग नहोस्आ : युक्त यादव


२६ कार्तिक २०७४, आईतवार
ayodhi prasad yadav

ayodhi prasad yadav प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले लोभलालच र भोजभतेरका आधारमा मतको दुरुपयोग नगर्न सचेत गराएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको सिलसिलामा आइबार धुलिखेलमा नागरिकसँग अन्तक्र्रिया गर्दै उनले कसैको पनि डर, धम्की र दवावमा नभई भयरिहत वातावरणमा निष्पक्ष निर्वाचन हुनु पर्ने बताए ।

 

हल्ला पनि नहुने र देखेमात्रै पुग्ने भएकाले बहिरा नागरिकलाई पनि पर्यवेक्षणका लागि ठाउँ दिन कोशिश हुने उनले उल्लेख गरे ।
उनले अपांग भएकालाई पनि बन्द सूचीभित्र राख्ने दायित्व दलको भएकाले स्वतन्त्र र निष्पक्षरुपमा मताधिकारको प्रयोग गर्न बहिरा नागरिकलाई अनुरोध गरेका छन् । प्रमुख निर्वाचन आयुक्त डा. यादवले भने, ‘यो राष्ट्रिय निर्वाचन लोकतन्त्र, गणतन्त्र र संघीयता कार्यान्वयन गर्नका लागि हो ।’
बहिरा नागरिकलाई सक्षम नागरिकका रुपमा मतदाताको भूमिका निर्वाह गर्न आग्रह गर्दै उनले भावी सन्ततिको सुख, शान्ति र समृद्धिका लागि निर्वाचन हुन लागेको बताए । बाउन्न जिल्लाका ७० जनाको सहभागिता रहेको यस अन्तक्र्रियामा बहिरा महासंघका अध्यक्ष केपी अधिकारीले बहिरा नागरिक करदाता र मतदाता मात्रै भएको गुनासो पोखेका छन् ।
उनले देशको नीतिभित्र बहिरा भएका नागरिकको सहभागिता खोजिएको उल्लेख गर्दै निर्वाचन महत्वपूर्ण विषय भएकाले बहिरा नागरिकलाई पनि पर्यवेक्षणको जिम्मेवारी दिन आग्रह गरे ।रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७