सिङगापुर गोरखा सैनिकहरुद्वारा क्यान्सर पीडितलाई साढे ६ लाख बढी सहयोग
काठमाडौं, २४ भदौ । सिङगापुर गोरखा सैनिकहरुले क्यान्सर पीडितलाई साढे ६ लाख बढी सहयोग गरेका छन् ।
पीडित कैलाश र उनको आमालाई रकम हस्तान्तरण गर्द योदन राई र जपना राई ।
नौ महिनादेखि क्यान्सरबाट पीडित भएर उपचार गराइरहेको कैलाश राईलाई सहयोग गरेका हुन् ।
आर्थिक स्थिति निकै कमजोर भएका राईलाई सिङगापुरमा रहेको नेपाली गोरखा सैनिकहरु ‘अन सर्भीङ अफिर्सस अफ गोरखा कन्टिन्जेन्ट’बाट ६ लाख ५९ हजार ७९ रुपैयाँ सहयोग गरेको हो ।
सिङगापुर गोर्खाहरुको तर्फबाट कैलाश राईलाई र उनका आमालाई योदन राईले रकम हस्तान्तरण गरे ।
कैलाशको नयाँ बानेश्वर स्थित नेपाल सिभिल हस्पीटलमा उपचारत छन् ।
उनलाई थप सहयोग गर्न ९७७९८१०२०५१७० अथवा सिङगापुरमा रहेका आनन्द गौचनलाई २०३११ मा सम्पर्क गर्न सकिन्नेछ ।