राष्ट्र बैंकद्वारा गोर्खाज फाईनान्सलाई बजार निर्माता इजाजत पत्र प्रदान


२४ भाद्र २०७५, आईतवार
863 1502778377gorkhas finance

काठमाडौं, २४ भदौ । नेपाल राष्ट्र बैंकले गोर्खाज फाईनान्स लिमिटेडलाई बजार निर्माता इजाजत पत्र प्रदान गरेको छ ।

863 1502778377gorkhas finance


अब देखि गोर्खाज फाईनान्स लिमिटेडले नेपाल राष्ट्र बैंकद्वारा निष्कासित राष्ट्रिय बचतपत्र र नागरिक बचतपत्रको प्राथमिकतथा दोस्रो बजार कारोबार र बैदेशिक रोजगार बचतपत्रको दोस्रो बजार कारोबार गर्न पाउने गोर्खाज फाईनान्स लिमिटेडले आफ्नो बिज्ञप्तीमा जनाएको छ ।
ग्राहकहरुले यो सेवा गोर्खाज फाईनान्स लिमिटेडको मुख्य कार्यलय डिल्लीबजार, काठमाडौंबाट प्राप्त गर्नेछन् । हाल गोर्खाज फाईनान्स लिमिटेडको चुक्तापुँजी ८७ करोड रहेको छ ।

gurkhas for nayapage

फाईनान्सले आफ्ना ग्राहकहरुलाई मोबाईल बैंकिङ्ग, ई–बैंकिङ्ग, डेबिट कार्ड, आई.पि.एस. जस्ता आधुनिक सेवा प्रदान गरिरहको छ ।  फाईनान्सको हाल नेपाल भरि २२ वटा शाखा रहेको बिज्ञप्तीमा उल्लेख गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७