अत्तालिएको कांग्रेसले गोयबल्स शैलीमा प्रचार गरिरहेको छ : माधव नेपाल


२७ कार्तिक २०७४, सोमबार
madhav nepal 3

काठमाडौं : एमाले वरिष्ठ नेता माधवकुमार नेपालले वामपन्थी एकताबाट अत्तालिएको कांग्रेसले गोयबल्स शैलीमा प्रचार गरिरहेको बताएका छन् ।  काठमाडौं–२ को थलीमा सोमबार आयोजित वाम गठबन्धनको संयुक्त चुनाव तयारी भेलामा नेपालले कांग्रेसले गोयबल्स शैलीमा अधिनयाकवाद आउने भ्रमपूर्ण प्रचार गरिरहेको बताएको हो । गोयबल्स हिटलरका सञ्चार मन्त्री थिए । उनले गल्ती कुरा सही भनि प्रचार गरिरहन्थे ।

madhav nepal 3

उनले नेपालले आक्रमक बनेर प्रतिवाद गर्न कार्यकर्ताहरुलाई निर्देशन पनि दिए । ‘आफ्नै बहुमतको सरकार चलाउन नसक्ने कांग्रेसले देशलाई स्थिरतातर्फ लैजाने वामपन्थीहरुको एकताबाट अधिनायकवाद आउने बेतुकको हल्ला चलाउनुको कुनै अर्थ छैन, नेपालले भने ।
उनले वाम गठबन्धन भत्काउन विदेशीहरुले चलखेल गरिरहेको बताएका छन् । भेलामा नेपालले एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया टुटाउन विदेशीहरुले चलखेल गरिरहेको दाबी गरेको हो ।
‘५ वर्ष वामपन्थीको नेतृत्वमा स्थीर सरकार बन्ने र त्यसले मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउने निश्चित जस्तो देखिएपछि अहिले विदेशी शक्तिहरु दैनिक गठबन्धन टुटाउन सकृय देखिएका छन्,’ नेपालले भने, ‘तर हामी सबै चलखेल परास्त गरेर चुनाव सकिएलगत्तै एकीककरण प्रक्रियालाई पूर्णता दिन्छौं ।’
भेलामा माओवादी केन्द्रका सचिवालय सदस्य लेखनाथ न्यौपाने, पोलिटब्यूरो सदस्य प्रकाश गौतम, गठबन्धनका तर्फबाट प्रदेशसभाका उम्मेदवारद्धय सानुकुमार श्रेष्ठ र मणिराम फुयाँलले राजनीतिक स्थिरताका लागि वाम गठबन्धनलाई जिताउनका लागि क्रियाशील हुन कार्यकर्ताहरुलाई आह्वान गरे । भेलालाई शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ, निर्वाचन परिचालन कमिटीकी संयोजक सरिता न्यौपानेलगायतले सम्बोधन गरेका थिए ।
 यस्तै सोमबारको भेलाले काठमाडौं २ मा २ हजार २ सय २२ सदस्यीय संयुक्त निर्वाचन प्रचार कमिटी गठन गरेको छ । कमिटीमा प्रतिनिधिसभामा एमालेका तर्फबाट समानुपातिकतर्फकी उम्मेदवार सरिता न्यौपाने संयोजक तथा माओवादी केन्द्रका नेता प्रकाश गौतम इन्चार्ज छन् । सन् २०२२ सम्मका लागि नेपालसहितका उम्मेदवारलाई जिताउने संकल्पसहित त्यही संख्यामा संयुक्त निर्वाचन प्रचार कमिटी गठन गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७