नेपालले फिलिपिन्ससँग बराबरी खेल्यो, फुटबलबाट अनिल गुरुङको सन्यास


२८ कार्तिक २०७४, मंगलवार
anil gurung

काठमाडौं: एसिया कप फुटबलको छनौटमा नेपालले आफ्नो पाँचौँ खेलमा फिलिपिन्ससँग बराबरी खेलेको छ । भेट्रान स्ट्राइकर अनिल गुरुङको अन्तिम अन्तर्राष्ट्रिय खेलमा नेपालले फिलिपिन्ससँग गोलरहित बराबरी खेलेको छ ।anil gurung

सन् २०१९ मा हुने एएफसी एशियन कप छनोट चरणको आफ्नो पाचौं खेलमा नेपालले समूहको शीर्ष स्थानमा रहेको फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको हो ।छनोट चरणका सुरुवाती चार खेलमा जित हासिल गर्न नसकेको नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

समूह एफमा फिलिपिन्सको ५ खेलबाट ९ अंक भएको छ भने दोस्रो स्थानमा रहेको यमनको ४ खेलबाट ६ अंक छ ।छनोट चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग उसकै मैदानमा ४(१ गोलले पराजित भएको थियो ।

अनिल गुरुङको सन्यास

फिलिपिन्सबिरुद्धको खेलसँगै ५०औं अन्तर्राष्ट्रिय खेल पूरा गरेका ३१ वर्षे स्ट्राइकर अनिल गुरुङले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।८२औं मिनेटमा सुजल श्रेष्ठलाई रिप्लेस गर्दै मैदान प्रवेश गरेका अनिलले आफ्नो अन्तिम खेल करीव १० मिनेटमात्र खेले । १० वर्षे अन्तर्राष्ट्रिय फुटबल करिअरमा ५० अन्तर्राष्ट्रिय खेल पूरा गरेका उनले १० गोल गरेका छन् ।

सन् २००८ मा पाकिस्तानबिरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो गोल गरेका उनले सन् २०१३ को साफ च्याम्पियनसिपमा भारतबिरुद्ध १०औं अन्तर्राष्ट्रिय गोल गरेका थिए ।भारतको सिक्किम लाजोङ क्लबमा ६३ लाख रुपैयाँमा अनुबन्ध भएका उनी सबैभन्दा महँगो मूल्यमा विदेशी क्लबमा अनुबन्ध हुने नेपाली खेलाडी पनि हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७