मंगलबारदेखि दशैंको अग्रिम टिकट बुकिङ खुल्ने, यस्तो छ भाडादर (भाडादरसहित)


८ आश्विन २०७५, सोमबार
ticket

काठमाडौं, ८ असोज । राजधानीबाट दशैंमा घर फर्किन गाडी पाइएला कि नपाइएका भन्ने चिन्ता र चर्चा बढिरहेका बेला भोलि (मंगलबार) बाट दशैंको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।

ticket
फाइल फोटो

नेपाल यातायात व्यवसायी महासंघको बैठकले भोलि ९ गतेबाटै अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ । यसअघि ५ गतेबाट गर्ने भनिएको टिकट बुकिङ इन्धनको मूल्यवृद्धिको विरोध गर्दै व्यवसायीहरुले रोकेका थिए । सरकारले १० प्रतिशत गाडीभाडा बढाएपछि महासंघको बैठक बसेर टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि अनुरुप सार्वजनिक यातायातको भाडादर समायोजन भएपछि अग्रिम टिकट बुकिङ खुला गर्न निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिएका छन् । बढाइएको १० प्रतिशत भाडा अनुसार यातायात व्यवस्था विभागले आइतबार देशभरका विभिन्न रुटको नयाँ भाडादर सार्वजनिक गरेको थियो ।

निगमले डिजेल र मट्टतिेलमा प्रतिलिटर ३–३ र पेट्रोलमा २ रुपैयाा मूल्य बढाइएपछि समायोजन गरिएको भाडादर अनुसार शहरी क्षेत्रमा न्युनतम १४ देखि अधिकतम १८ रुपैयाँ कायम गरिएको छ । रोजगारी, पढाइ लगायतको शिलशिलामा काठमाडौं बस्दै आएका धेरै मानिस दशैं, तिहार र छठ पर्वका लागि आफ्नो मूल थलो फर्किन्छन् ।
भाडादर

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७