मेस्सीले बनाइदिए स्वास्थ्य भवन


प्रकाशित मिति : November 15, 2017

रामेछाप: अर्जेन्टाइन स्ट्राकर लियोनन मेस्सीले रामेछापको मन्थलीमा प्राथमिक स्वास्थ्य केन्द्रका लागि ८ कोठे प्रि–फ्याक भवन बनाइदिएका छन् ।

२०७२ वैशाख १२ को विनाशकारी भूकम्पले भत्काइदिएको भवन मेससीको आर्थिक सहयोग र युनिसेफको सहजीकरणमा बनाइएको हो ।मन्थलीस्थित आकाशेमा निर्माण गरिएको भवन बुधबार एक कार्यक्रमबीच प्राथामिक स्वास्थ्य केन्द्रलाई हस्तातरण गरिएको छ । भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै युनिसेफका नेपाल प्रतिनिधि टोमो ओजमीले आमा बच्चाको स्याहार तथा स्थानीयले राम्रो स्वास्थ्य सेवा पाउने विश्वास ब्यक्त गरे ।

रामेछापमा भूकम्पले क्षति पुर्याएका स्वास्थ्य संस्थामध्ये मेस्सीको आर्थिक सहयोगमा १३ वटा स्वास्थ्य भवन बन्दैछन् । जसमध्ये मन्थली र ओख्रेनीमा निर्माण गरिएको स्वास्थ्य भवन स्थानीयलाई हस्तान्तरण गरिएको छ । अन्य ११ स्वास्थ्य भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्