अस्ट्रेलिया भाग्ने तयारी गरेका महानिर्देशक पाण्डे यसरी पुगे जेलमा


३० कार्तिक २०७४, बिहीबार
Bishworaj pandey

काठमाडौं: म्यानपावर कम्पनीसँग घूस लिएको अभियोगमा वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउ परेका छन् ।Bishworaj pandey

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेलाई पक्राउ गरेको खबर आजका पत्रपत्रिकामा छापिएका छन् ।

भाग्ने तयारी
उनी मंसिर ६ गते अवकाश लिने तयारीमा थिए । अवकाशलगत्तै देश छाड्ने तयारीमा रहेको सूचना अख्तियारले पाएको थियो ।

पाण्डेका छोरीहरु अस्ट्रेलियामै रहेको र अवकास लगत्तै उनी अस्ट्रेलिया जाने तयारी गरेको अख्तियारका एक अधिकारीले बताए । यो समचार नेपाल समाचारपत्रबाट लिइएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७