अपडेट : गुर्जा हिमाल चढ्न गएका ४ नेपालीसहित ५ कोरियालीको मृत्यु


२७ आश्विन २०७५, शनिबार
korean team for gurja himal

काठमाडौं २७ असोज । असोज २१ गते म्याग्दीको धौलागिरी गाउँपालिकामा पर्ने गुर्जा हिमाल चढ्न गएका ९ आरोहीको मृत्यु भएको छ ।

धौलागिरी गाउँपालिका–१ स्थित ७ हजार १ सय ९३ मिटर अग्लो गुर्जा हिमाल आरोहण गर्न गएका ५ दक्षिण कोरियाली पर्यटकसहित ४ जना नेपालीको हिमआँधीमा परी मृत्यु भएको हो ।

पाँच दक्षिण कोरियालीले ४ जना नेपाली भरिया गएका थिए । ठुलो हिम पहिरो र आँधीमा परेर उनीहरूको मृत्यु भएको हो । शनिवार रेस्क्यूको लागि गएको हेलिकोप्टर समेत नसकेर फर्केका थिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा दक्षिण कोरियाका जोहोन ली, च्याङ हो किम, इल जिन रिम, योङ जिक यु र जुन मो झोङ रहेका छन् ।


त्यसैगरी हिमआँधीमा परि मृत्यु हुनेमा गुर्जा हिमाल आरोहणमा कोरियाली पर्यटक लिएर पुगेका संखुवासभा साविक हटिया गाविस–२ का ३९ वर्षीय छिरिङ भोटे, सोही जिल्ला साविक भोटेखोला गाविस–३ का २१ वर्षीय लाक्पा सोङवु भोटे, संखुवासभाकै फर्वु भोटे र म्याग्दी धौलागिरी गाउँपालिका-१ गुर्जाका नेत्रबहादुर छन्त्याल रहेका छन् ।

काठमाडौंका प्रोजेक्ट वे नामका ट्रेकिङ एजेन्सीबाट गुर्ज हिमालको आरोहण गर्न गएका सबै टोली हिम पहिरो र आँधीमा परेका बेखबर हुँदै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७