दुर्घटना न्यूनीकरण गर्न ७६ जीपको छत हटाइयो


३१ आश्विन २०७५, बुधबार
chat

दार्चुला, ३१ असोज । जिल्लामा महाकाली लोकमार्ग र विभिन्न शाखा सडकमा सञ्चालनमा रहेका ७६ जीपको छत ट्राफिक प्रहरीले हटाउन लगाएको छ ।

chat

चाडपर्वका बेला सडक दुर्घटना न्यूनीकरणको लागि भन्दै महाकाली लोकमार्ग तथा शाखा सडकमा सञ्चालनमा रहेका जीपको छत तथा पछाडिको सिट हटाइएको हो ।

यातायात कार्यालयबाट पाँच सिट पास भएका जिपले पछाडि र छतमा यात्रु बोक्न थालेपछि छत र पछाडिको सिट हटाउनुपरेको ट्राफिक प्रहरीका सहायक निरीक्षक धनसिंह नगारीले जानकारी दिए । उनीहरूलाई पाँच सिटमा मात्रै यात्रु बोक्न निर्देशन गरिएको छ ।

जिल्लाका कच्ची तथा साँघुरा सडकमा सिट क्षमताभन्दा बढी यात्रु बोक्न थालेपछि विनापासका सिट हटाइएको प्रहरीले जनाएको छ ।

सवारी धनीले यातायात कार्यालयबाट पाँच सिटको मात्रै पास बनाउने तर १२ देखि २५ सम्म यात्रु बोक्न थालेपछि प्रहरीले दुर्घटना न्यूनीकरण गर्न विनापासका सिट हटाउन लगाइएको हो ।

साथै प्रहरीले यात्रु र गाडीको सुरक्षार्थ हरेक ठाउँमा यात्रु सहायता कक्षा स्थापना गरेको छ । यात्रुलाई दशैँ, तिहारमा सुरक्षित यात्रा गर्न सहज होस् भन्नका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७