नयाँ लुक्ससहित रोयल इनफिल्डको दुई नयाँ मोडल बजारमा, बुकिङ खुल्ला


९ कार्तिक २०७५, शुक्रबार
gt compressor

काठमाडौं, ९ कात्तिक । युवा पुस्ताले रुचाएको बाइक हो–रोयल इनफिल्ड । पावरफुल बाइक भए पनि सँधै एउटै मोडलको बाइक कुदाउन धेरैलाई दिक्दारी लाग्छ नै । तर, चिन्ता नलिनुस् रोयल इनफिल्डकै नयाँ दुई मोडल अब बजारमा आइसकेको छ ।

gt compressor

रोयल इनफिल्डले दिपावालीलाई मध्यनजर गर्दै बहु–प्रतिक्षित दुई मोडलको बुकिङ्ग खुल्ला गरेको छ । कम्पनीले इन्टरसेप्टर–६५० ट्वीन र कन्टिनेन्टल जीटी–६५० को भारतीय बजारमा हिजो बिहिबारबाट बुकिङ्ग खुल्ला गरेको हो । कम्पनीले दुबै बाइकमा हाई–पफर्मेन्स इन्जिन लगाइएको जनाएको छ ।

६४९ सीसी इन्जिनले ४७ बीएचपी पावरका साथै ५२ एनएम–टर्क उत्पादन गर्छ भने सिक्स–स्पीड म्यानूयल गियरबक्स लगाइएको छ । सुरक्षाका लागि बाइकमा एबीएस सिस्टम दिइएको छ । बाइकको ह्यान्डल, सिटर तथा ट्याङ्कको डिजाइन अलगढङ्गबाट गरिएको छ ।

दुबै बाइकमा क्लासिक लूक दिइएको छ । इन्टरसेप्टर ६५० ट्वीन र कन्टिनेन्टल जीटी–६५० को मूल्य तीन लाख भारतीय रुपैयाँभन्दा कम हुने अनुमान गरिएको छ । कन्टिनेन्टल जीटी–६५० को फ्यूल ट्याङ्क क्षमता १२.५ लिटर रहेको छ भने इन्सेप्टर ६५० मा १३.७ लिटर ट्याङ्की दिइएको छ ।

कन्टिनेन्टल जीटी–६५० को तौल १९९ केजी रहेको छ । यी दुबै बाइकको प्रतिस्पर्धा डी–एसके बेनेलीको टीएनटी–६०० आईसँग हुने अनुमान गरिएको छ । टीएनटी–६०० आई स्ट्रीट–फाइटर क्रुजर बाइक हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७