मोटरसाइकल दर्ता खुल्यो, अब प्रदेशको आधारमा दर्ता हुने


९ कार्तिक २०७५, शुक्रबार
Vos Motors Motorcycle Showroom yamaha

काठमाडौ, ८ कात्तिक । मोटरसाइकलको नम्बर प्लेट दर्ता खुलेका छ । यसअघि अञ्चलको आधारमा नम्बर प्लेट दर्ता हुँदै अब आगामी दिनदेखि प्रदेशको आधारमा भएको हो ।

सात वटा प्रदेशको आधारमा मोटरसाइकलको नम्बर प्लेटको अङ्क राखिने भएको हो । बागमती अञ्चलमा दर्ता हुने नम्बरमा ९९ सय लट पुगेपछी दसैं अघि दर्ता रोकिएको थियो । दसैंमा पनि अन्य अञ्चलको नाममा मोटरसाइकल दर्ता गरिएका थियो ।

यसको निर्णय मन्त्रिपरिषद बैठकले गरेको हो । सोही निर्णयका आधारमा बिहीवार राजपत्रमा सुचना प्रकाशित भएको छ ।

नयाँ व्यवस्था अनुसार अगाडि र पछाडि दुबै नम्बर प्लेटको माथिल्लो लाइनको सुरूमा सवारी दर्ता गर्ने कार्यालयको प्रदेश संकेत र त्यसपछि उक्त प्रदेश भित्रको यातायात व्यवस्था कार्यालयको क्रम संख्या जनाउने अंक उल्लेख गर्नु पर्नेछ । प्रदेशभित्र रहेका यातायात व्यवस्था कार्यालयको क्रम संख्या जनाउने अंक यातायात व्यवस्था विभागले तोकेबमोजिम हुनेछ ।

अगाडिको नम्बर प्लेटको तल्लो लाइनमा सवारी समूह जनाउने अंक, सवारीको किसिम जनाउने संकेत र सवारी दर्ता नम्बर लेख्नु पर्नेछ।

पछाडिको नम्बर प्लेटको दोस्रो लाइनमा सवारी समूह जनाउने अंक, सवारीको किसिम जनाउने संकेत र तेस्रो लाइनमा सवारीको दर्ता नम्बर लेख्नु पर्नेछ । त्यस्तो सवारी समूह जनाउने अंक आवश्यकताअनुसार ००१ देखि ९९९ सम्म हुनेछ ।

त्यस्तै सवारी दर्ता नम्बर बढीमा ४ अंकको (०००१ देखि ९९९९) सम्म हुनेछ। प्रयोगअनुसार दर्ता नम्बर ४ अंक कटेपछि अर्को समूह संकेतको संख्या दिई त्यसमा पनि ०००१ देखि ९९९९ सम्म दिँदै जानु पर्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७