बुटवल ब्लास्टर्सका सोमपाल चम्किएपछि पारसको चितवन राइनोज पराजित


१० कार्तिक २०७५, शनिबार
Chitwan vs butwal चितवन राईनोज र बुटवल ब्लास्टर्स 6
kf]v/f lk|ldo/ lnu kf]v/f lk|ldo/ lnu -lklkPn_ lqms]6 k|ltof]lutfsf] lrtjg /fO{gf]h / a’6jn Anf:6;{aLr kf]v/fdf zlgaf/ ePsf] v]ndf a’6jn Anf:6;{n] lht]kl5 v’l;ofnL dgfpFb} . t:jL/ M /f]zg ;fksf]6f, /f;;

पोखरा, १० कात्तिक । सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि पोखरा प्रिमियर लिग पीपीएलमा बुटवल ब्लास्टर्सले चितवन राइनोजलाई पराजित गरेको छ ।

शनिवार भएको पहिलो खेलमा सोमपालको बुटवलले राष्ट्रिय टिमका कप्तान रहेका पारस खड्काको टिम चितवन राइनोजमाथि ७० रनको जित हात पारेको हो ।

पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको बुटवलले खराब शुरुवात गरेपछि निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनाएको थियो । १० रन हुँदा ३ विकेट गुमाएपनि सागर पुन र शंकर रानाले चौथो विकेटका लागि ६८ रनको साझेदारी गर्दै बुटवलको इनिङ्स उकासेका थिए।

रानाले ४८ र सागरले ४६ रन बनाए। सिद्धान्त लोहनी १७ रनमा नटआउट रहे। सोमपाल कामी ६, भिम शार्की २, चिराग शुरी १ रनमा बउट भए भने रोहन मुस्ताफाले खाता खोल्न सकेनन् ।

चितवनका लागि करण केसीले २ तथा रामनरेश गिरी र शक्ती गौचनले १–१ विकेट लिए । जवाफमा १३६ रनको सामान्य लक्ष्य पछ्याएको चितवनले ब्याटिङमा खराब शुरुवात गर्‍यो । पेपरमा बलियो देखिएको चितवनको ब्याटिङ सोचेअनुसार चल्न सकेन । चितवन १६.५ ओभरमा ६५ रनमै अलआउट भयो ।


पहिलो ओभरमा सोमपाल कामीले अनिल शाह र दोस्रो ओभरमा ललित भण्डारीले सोनु तामाङलाई शुन्यमा कउट गरेपछि चितवनले लगातार विकेट गुमायो ।

चितवनका लागि दशौँ नम्वरमा ब्याटिङ गरेका भुवन कार्कीले सर्वाधिक रन बनाए । यस्तै कप्तान पारस खड्काले १० रन जोडे भने बाँकी खेलाडीले दोहोरो अंक समेत छुन सकेनन् ।

चितवनलाई अलआउट गर्न बुटवलका कप्तान सोमपाल कामीले ४ ओभरमा १३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै ललितसिंह भण्डारीले २ विकेट लिए । रोहन मुस्ताफा, विपिन खत्री र अभिनाश बोहराले १–१ विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७