भोजपुरमा फेरी बम विस्फोट : युवा संघका नेतासहित सहित दुर्इ प्रहरी घाइते
भोजपुर : षडानन्द नगरपालिका–१३ तिनतले नजिकैको भीरथाप्लोमा बम विस्फोट भएको छ । बम विस्फोटमा चुनावी सभा सकेर फर्कदै गरेका युवा सङ्घका सचिवालय सदस्य विक्रम राईसहित दुर्इ जना प्रहरी घाइते भएका छन् । राईको टाउकोमा चोट लागेको छ ।
घाइते हुने प्रहरी सहायक निरीक्षक उमेश मेहता र प्रहरी निरीक्षक देवनारायण यादव रहेका छन् । घाइतेलाई उपचारका लागि सदरमुकाम ल्याइएको छ ।
बाटोमा राखिएको टाइम बमबारे बुझ्न प्रहरी टोली खटेर गएको र भिड हटाउने क्रममा बम पड्किएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक गीतनारायण चौधरीले बताए ।
केही दिन अघि पूर्वमन्त्री तथा क्षेत्र न. २ का उम्मेदवार लक्षित गरी ट्याम्के मैंयुङ्ग गाउँपालिका बम प्रहार भएको थियो ।