प्रधानमन्त्री बिरामी, आराम गर्न डाक्टरको सुझाव


११ कार्तिक २०७५, आईतवार
kp oli new PM

काठमाडौं, ११ कात्तिक । रूघाखोकीसँगै ज्वरोले बिरामी परेका प्रधानमन्त्री केपी शर्मा ओलीको छातीमा संक्रमण भने नदेखिएको चिकित्सकले बताएका छन् ।

kp oli new PM

प्रधानमन्त्रीको स्वास्थ्य जाँच गरेका वीर अस्पतालका डाक्टर दिलीप शर्माले ज्वरो आएको भए पनि छातीमा संक्रमण नदेखिएको जानकारी दिएका छन् । ‘किड्नीमा कुनै समस्या छैन’, शर्माले भने, ‘हामीले तीन दिन आराम गर्न सुझाव दिएका छौं ।’

उनले प्रधानमन्त्रीलाई आइसियूमा राख्न सुझाव नदिइएको बताएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्री आज मन्त्रिपरिषद् बैठकमा सहभागी हुने जानकारी दिएका छन् । यसअघि शुक्रबार तय भएको बैठक अन्तिम समयमा रोकिएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि ओली शनिबार भृकुटीमण्डपमा पार्टीले आयोजना गरेको चियापानमा समेत उपस्थित भएनन् ।

किड्नी ट्रान्सप्लान्ट गरेको बिरामीलाई इन्फेक्सन हुँदा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । प्रधानमन्त्री ओलीको ११ वर्षअघि २०७४ को असारमा भारतमा किड्नी ट्रान्सप्लान्ट गरेका हुन् । उनी नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड जाने गरेका थिए ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा ख्याल राख्दै निजी चिकित्सकको समेत व्यवस्था गरिएको छ । डा. दिव्या सिंहले प्रधानमन्त्री ओलीको स्वास्थ्य जाँच गर्ने गरेकी छिन् ।

तर उनी हाल विदेशमा रहेका कारण शर्माले ओलीको स्वास्थ्य जाँच गरेका हुन् । प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यलाई लिएर ‘सबै पाटपुर्जा फेरेको जस्तो’ अनुभव हुने बताउने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७