त्रिभुवन विमानस्थलमा एक लाख २६ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ


१३ कार्तिक २०७५, मंगलवार
1527438738dollar

काठमाडौं, १३ कात्तिक । प्रहरी एक लाख २६ हजार अमेरिकी डलरसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

1527438738dollar

सोमबार त्रिभुवन विमानस्थलबाट गोन्जाउ जान लागेका ती चिनियाँको साथबाट १ लाख २६ हजार ४ सय अमेरिकी डलर बरामद गरिएको विमानस्थलका डिआइजी शेरबहादुर बस्नेतले जानकारी दिएका छन् ।

‘चेकजाँचका क्रममा उनीबाट सो रकम बरामद् भयो । पैसाको स्रोत र नेपालमा रहेको उनको नेटवर्कबारे अनुसन्धान गर्दैछौं,’ बस्नेतले भने ।

पक्राउ परेका चिनियाँ नागरिकले व्यापारिक प्रयोजनका लागि उक्त रकम चीन लैजान लागेको बताए पनि स्रोत भने खुलाउन नसकेको डिआइजी बस्नेतले जानकारी दिएका छन् । चिनियाँ नागरिकलाई राजश्व अनुसन्धान विभागको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७