वैठकमै वडाध्यक्षले शिक्षकलाई कुर्सीले हानेर टाउको फुटाई दिएपछि…


२१ कार्तिक २०७५, बुधबार
kursi

प्युठान, २१ कातिक । प्युठानको झिमरुक गाउँपालिका–८ का वडाध्यक्ष तुलस बस्नेतले शिक्षकमाथि कुर्सी प्रहार गरी टाउको फुटाई दिएका छन् ।

kursi

वडाध्यक्ष बस्नेतले जनता माध्यमिक विद्यालय लिवाङ टिमुरचौरमा कार्यरत शिक्षक सिद्धिमान एमसीलाई कुर्सीले हानी टाउको फुटाई दिएका हुन् । एमसीको टाउकोमा गम्भीर चोट परेको छ । पाँच वटा टाका समेत लगाइएको छ ।

मंगलबार विद्यालयमा चलिरहेको व्यवस्थापन समितिको बैठकमा सामान्य भनाभन हुँदा अध्यक्ष बस्नेतले हातपात गरी कुर्सीले प्रहार गरेको एमसीले आरोप लगाएका छन् । उनले जिल्ला अस्पताल विजुवारमा पुगी उपचार गराएका छन् ।

यसअघि पनि वडाध्यक्षले आफूलाई समय–समयमा गालीगलौज गर्ने गरेको शिक्षक एमसीले बताएका छन् ।

विगत चारवर्षदेखि प्रावि तहको दरबन्दीमा जनता माविमा पढाइरहेका एमसीले कक्षा ९ र १० मा पनि गणित विषय पढाउँदै आएका छन् । गाउँपालिका अध्यक्ष तिलक जिसीले घटनाको विषयमा आफूलाई बुधवार बिहानमात्र जानकारी भएको प्रक्रिया दिए ।

उनले घटनाको विषयमा दुवै पक्षसँग छलफल गरेर समाधान खोजिने बताएका छन् । वडाध्यक्ष बस्नेत यसअघि विद्यालय व्यवस्थापन समितिको समेत अध्यक्ष थिए । उनीसँग प्रतिक्रिया लिन खोज्दा फोन सम्पर्क हुन सकेन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७