अध्ययनका लागि अमेरिका जाने अहिलेसम्मकै उच्च


२९ कार्तिक २०७५, बिहीबार
study

काठमाडौं, २९ कात्तिक । उच्च शिक्षा अध्ययनका लागि संयुक्त राज्य अमेरिका जाने नेपाली विद्यार्थीको सङ्ख्या यो वर्ष पनि बढेको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।

study

अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदानसम्बन्धी ओपन डोर्स प्रतिवेदनले बितेका तीनवर्षयता अमेरिका पढ्न जाने नेपाली विद्यार्थीको संख्यामा १५.३ प्रतिशतले वृद्धि भएको जनाएको हो ।

‘लगातार तीन वर्षदेखि अमेरिका अध्ययनार्थ जाने नेपाली विद्यार्थी बढेका छन् जुन अहिले १३ हजार २७० पुगेको छ ।

अमेरिका विद्यार्थी पठाउने २५ देशमा रहेको नेपाल अहिले १० औँ स्थानमा उक्लिएको छ’, प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनअनुसार अमेरिकामा उच्च शिक्षा अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या १० लाख नाघेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७