माथिल्लो तामाकोशीको ६ हजार निवेदन रद्द, मंगलबार शेयर बाँडफाँट


७ मंसिर २०७५, शुक्रबार
284337154Upper tamakoshi hydro

काठमाडौं, ७ मंसिर । माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा शेयरका लागि दिइएको ६ हजार निवेदन रद्द भएका छन् । एउटै आवेदकले दोहोर्‍याएर निवेदन दिएपछि रुजुपछि ६ हजार निवेदन रद्द गरिएको हो ।

284337154Upper tamakoshi hydro

अब माथिल्लो तामाकोशीले आगामी साताको मंगलबार शेयर बाडफाँट गर्ने जनाएको छ । यसअघि निष्काशन भएको शेयरमा आवेदन दिएकाले पनि पुनः दोहोर्‍याए आवेदन दिएपछि तामाकोशीको शेयर ढिला गरी बाँडफाँट हुन लागेको हो ।

बिक्री प्रबन्धक नागरीक लगानी कोषका मर्चेन्ट बैंकिङ विभाग प्रमुख रोशनजंग कार्कीले बिक्री प्रबन्धक र कम्पनीको बिहिबार बसेको बैंठकले आगामी साताको मंगलबार सेयर बाँडफाँट गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

हालसम्म जाँच बुझ गर्दा ६ हजार जतिको आवेदन रद्द भएको उनले बताएका छन् । अन्तिम रुजुका लागि सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा पुर्‍याएको उनले जानकारी दिए । कम्पनीले कात्तिक १५ देखि १९ गतेसम्म सर्वसाधारणका लागि सेयर निष्काशन गरेको थियो ।

तेस्रो चरणमा निष्काशन गरिएको यस शेयरका लागि ३ लाख ४६ हजार १६६ जनाको ६ अर्ब ७० करोड रुपैयाँ बराबरको आवेदन परेको थियो । यसअघि कम्पनीले पहिलो चरणमा सञ्चय कोषका सञ्चयकर्ता र दोस्रो चरणमा आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि शेयर निष्काशन गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७