लाइसेन्स लिन खोज्दै हुनुहुन्छ ?तपाईमा यी योग्यता हुनैपर्छ


१३ मंसिर २०७५, बिहीबार
trail

काठमाडौं, १३ मंसिर । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार सवारी चालक अनुमतिपत्र प्राप्त गर्न दरखास्त दिने व्यक्तिको देहायबमोजिम योग्यता हुनुपर्छ ।

trail

ठूलो सवारीका लागि २१ वर्ष पुगेको ।
मझौला तथा साना सवारीका लागि १८ वर्ष पुगेको ।
मोटरसाइकल तथा अन्य सानो दुईपाङ्ग्रे सवारीको हकमा १६ वर्ष उमेर पुगेको ।
छारे रोग भएको वा बौलाएको वा एकाएक रिङ्गटा लाग्ने वा मुर्छा हुने किसिमको रोग नभएको व्यक्ति ।
आँखाको देख्ने शक्ति कमजोर भई चश्मा प्रयोग गर्दा सामान्य तवरले देख्ने शक्ति ठीक भएको ।
साधारण ध्वनि, सङ्केत, आवाज सुन्न सक्ने ।
रातो, हरियो, पहेँलो इत्यादि रङ तुरुन्त छुट्ट्याउन सक्ने ।
रतन्धो नभएको ।
हातखुट्टा सबल भएको व्यक्ति । ९अपाङ्गता भएकाका लागि खास किसिमले बनेको सवारीका लागि यो खण्डको बन्देज लागू हुने छैन० ।
ठूलो र मझौला सार्वजनिक सवारीका लागि ६० वर्ष उमेर पूरा नभएको ।
सानो सवारी चलाएको २ वर्ष पूरा नभएसम्म मझौला र ठूलो सवारी चलाउन चालक अनुमतिपत्र दिइने छैन ।
नेपाली भाषामा साधारण लेखपढ गर्न जान्ने ।

कसरी दरखास्त दिने र ?
सवारी चालक अनुमतिपत्र लिन शुरूमा यातायात व्यवस्था विभागबाट निवेदन फारम डाउनलोड गरेर वा विभागमा फारम खरीद गरेर रू। ५ को टिकट टाँसी बुझाउनुपर्छ । तोकिए बमोजिमको दस्तुर बुझाई आवश्यक कागजात संलग्न गरेर ९नेपाल भरका सवारी चालक अनुमतिपत्र प्रदान गर्ने कुनै पनि यातायात व्यवस्था कार्यालयमा० दरखास्त पेश गर्नुपर्ने हुन्छ ।

सवारी चालक अनुमतिपत्र दरखास्त दस्तुरबापत रू। २ सय ९ठूला सवारी, मझौला सवारी र साना सवारी सबैका लागि० बुझाएर सोको सक्कल भौचर दरखास्त साथ पेश गर्नुपर्नेछ । तर, एउटै दरखास्तबाट एकभन्दा बढी किसिमका सवारी चलाउन इजाजतका लागि दरखास्त दिन चाहेको हकमा जति किसिमको सवारी चलाउने इजाजतका लागि दरखास्त दिएको हो, सोको छुट्टाछुट्टै दस्तुर लाग्नेछ ।

देहायबमोजिमका कागजपत्र आवश्यक

चालक अनुमतिपत्रको दरखास्त दस्तुर बुझाएको निस्सा ।
नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
निरोगिताको सम्बन्धमा नेपाल सरकारद्वारा मान्यताप्राप्त चिकित्सकले नियमावलीको अनुसूची १८ बमोजिमको ढाँचामा प्रमाणित गरेको निरोगिताको प्रमाणपत्र ।
आफूले चलाउन चाहेको सवारीको सम्बन्धमा विभागबाट मान्यताप्राप्त प्रशिक्षण केन्द्रबाट प्राप्त प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
हालसालै खिचिएको तीनप्रति पासपोर्ट साइजको फोटो ।
गैरनेपाली नागरिकहरूले आफ्नो पासपोर्टको प्रतिलिपि र नेपालमा बस्नुपर्नाको यथोचित कारणसमेत खुलाई सम्बन्धित निकायले प्रमाणित गरिदिएको सक्कल पत्र ।
अन्य देशबाट चालक अनुमतिपत्र प्राप्त व्यक्तिले नेपाली चालक अनुमतिपत्रका लागि दरखास्त दिँदा आफूले प्राप्त गरेको चालक अनुमतिपत्रको प्रमाणित प्रतिलिपि, पासपोर्टको प्रतिलिपि र नेपालमा बस्नुपर्नाको यथोचित कारणसमेत खुलाई सम्बन्धित निकायले प्रमाणित गरिदिएको सक्कल पत्र ।
राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७