काठमाडौंमा वाम गठबन्धनका उम्मेदवार ७० प्रतिशत घरमा पुगे


प्रकाशित मिति : November 22, 2017

काठमाडौं: काठमाडौं जिल्लाका वाम गठबन्धनका उम्मेदवारले चुनावी घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएसँगै उत्साहित बनेका वाम गठबन्धनका उम्मेदवारले चुनावी अभियानलाई तीव्र बनाएका हुन् ।

अहिलेसम्म १० वटै निर्वाचन क्षेत्रमा करिब ७० प्रतिशत घरदैलो कार्यक्रम सम्पन्न गरेको ती क्षेत्रका उम्मेदवारले जानकारी दिएका छन् ।काठमाडौंबाटै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेल समेत उम्मेदवार रहेका कारण उनिहरु पनि घरदैलो कार्यक्रममा व्यस्त बनेको छ ।

करिब एक हप्ता आफ्नै निर्वाचन क्षेत्रको घरदैलो कार्यक्रममा व्यस्त बनेका नेपाल र पोखरेल पछिल्लो समय राजधानी बाहिरका चुनावी सभामा समेत सहभागी हुन थालेको छ । वरिष्ठ नेता नेपाल सोमबार ओखलढुंगाको चुनावी सभामा र मंगलबार चितवनको चुनावी सभामा भाग लिएर फर्किएका छन् भयो भने आज उनि आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नम्बर–२ को कोटेश्वरको घरदैलो कार्यक्रममा सहभागी भएर आजै सिरहाको सभामा सहभागी हुन गएका छन् ।

महासचिव पोखरेल ओखलढुंगाको चुनावी सभामा भाग लिन त्यता प्रस्थान गरेको छ । ओखलढुंगा उनको जन्मभूमि पनि हो । नेपाल र पोखरेल राजधानी बाहिरका चुनावी सभामा समेत केन्द्रित भए पनि अन्य उम्मेदवार भने आ–आफ्नै चुनावी क्षेत्रको घरदैलो र चुनावी सभामै केन्द्रित भएका छन् । काठमाडौँ क्षेत्र नम्बर–१ मा वाम गठबन्धनका तर्फबाट अनिल शर्मा उम्मेदार छ । उनि अहिले आफ्नै क्षेत्रको चुनावी अभियानमा व्यस्त छ । उनलाई एमालेका तर्फबाट उम्मेदवारको चर्चामा रहनुभएकी सवित्रा भुसालले सहयोग गरिरको छ । काठमाडौँ जिल्ला इन्चार्ज समेत रहनु भएकी सावित्री भुसालले प्रचारको क्रममा वाम गठबन्धनका उम्मेदवारलाई उत्साह मिलेको बताए ।

उनि दिनदिनै वामगठबन्धनको भेला बढदै गएको पनि बताए । काठमाडौ क्षेत्र नं. २ बाट उम्मेदवार बन्नुभएका वरिष्ठ नेता नेपाल र क्षेत्र नं. ५ बाट उम्मेदवार बनेका महासचिव पोखरेलले पनि चुनावी घरदैलोलाई तीव्रता दिएको छ ।
क्षेत्र नं. २ को काठमाडौँ वडा–३२ कोटेश्वर र गोठाटारमा भेला सकेर वरिष्ठ नेता नेपाल आज सिरहा जानु भएको प्रदेश नं. ३ का प्रचार विभाग प्रमुख एंव काठमाडौं क्षेत्र नं. २ प्रदेश ‘क’का उम्मेदवार सानु श्रेष्ठले जानकारी दिए ।

नेपालले आगामी मंसिर १७ सम्म घरदैलो कार्यक्रमलाई जारी राख्ने भएको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए। मंगलबार चितवनमा आयोजित वाम गठबन्धनको चुनावी सभामा नेपाल सहभागिभएको थियो । वरिष्ठ नेता नेपाल उम्मेदवारी दर्तापछि घरदैलो कार्यक्रममा सहभागि भएको थियो ।

काठमाडौ क्षेत्र नं. ३ का प्रतिनिधी सभाका उम्मेदवार तथा काठमाडौं जिल्ला कमिटी अध्यक्षसमेत रहनु भएका कृष्ण राईले पनि घरदैलो कार्यक्रमलाई तीव्रता दिएको जानकारी दिए । उनले कोठे भेला, वैठक र सभालाई निरन्तरता दिएको पनि जानकारी दिए। ‘मतदाताको घरदैलोमा जाने, उनिहरुसँग भेटघाट गर्ने, समस्या बुझ्ने जस्ता कामलाई हामीले तीव्रता दिएका छौँ,’ उनले भने, ‘हामीले करिब ७० प्रतिशत घरदैलो कार्यक्रम सम्पन्न गरेका छौँ । अब फेरि एक पटक सकेर दोस्रो पटक पनि जनताको घरदैलोमा जानेछौँ ।’

उनले उम्मेदवारी दर्तापछि निरन्तर प्रसारमा लागेको बताए । ‘घरदैलो भेला विहानैदेखि सक्रिय भएर लागेका छौ,’ उनले भने, ‘टोलभेला र घरदैलोमा वाम गठबन्धनका उम्मेदवार पुग्दा मतदाताले उत्साहित भएको छ । हामी यसपटक काठमाडांैका सवै क्षेत्रमा जितेर लालकिल्ला बनाउने छाँै ।‘

यसैगरी क्षेत्र नं. ४ मा पनि चुनावी प्रचार अभियानलाई तीव्रता दिइएको छ । क्षेत्र नं. ४ बाट प्रतिनधि सभाका उम्मेदवार डा. राजन भट्टराईले आफ्नो चुनावी अभियानलाई तिव्र बनाएको बताएको छ । ‘हामी अहिले पनि निरन्तर घरदैलो कार्यक्रममा छौँ,’ उनले भने, ‘हामी जहाँजहाँ चुनावी अभियान लिएर गएका छौँ । त्यहाँत्यहाँका जनता उत्साहित भएको पाएका छौँ ।’ उनले यो पटक क्षेत्र नम्बर–४ मा वाम गठबन्धनको जित निश्चित भएको बताए । सो निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका गगन थापा उम्मेदवार छ ।

क्षेत्र नम्बर–५ मा पनि ७० प्रतिशत घरदैलो कार्यक्रम सम्पन्न भएको जानकारी प्राप्त भएको छ । ‘हामीले अहिले ७० प्रतिशत घरदैलो कार्यक्रम सम्पन्न गरेका छौं,’ क्षेत्र नम्बर–५ काउम्मेदवार समेत रहनु भएका महासचिव पोखरेलले भने, ‘अहिले विभिन्न खाले भेला, बैठक र छलफललाई तिव्रता दिएका छौं । यो पटक यो क्षेत्रबाट जित निश्चित छ । पोखरेलसँग नुवाकोट निवासी कांग्रेसका डा. प्रकाशशरण महत उम्मेदवार छ ।उनि यो क्षेत्रका लागि नयाँ हो ।

क्षेत्र नम्बर–६ मा वामगठबन्धनका तर्फबाट झक्कु सुवेदी उम्मेदवार छ । त्यही क्षेत्रमा काठमाडौँ महानगरपालिकाका पूर्व मेयर केशव स्थापित प्रदेश सभातर्फका उम्मेदवार भएको छ । सातमा रामवीर मानन्धर उम्मेदवार छ। उनले मंगलबारबाट घरदैलो कार्यक्रम सुरु गरेको जानकारी दिए । ‘हामीले मंगलबारबाट एक धक्का दिएका छौँ,’ उनले भने ‘मंगलबारबाट घर–दैलो कार्यक्रम सुरु गर्दा हजारौँको उपस्थिति थियो । यो नै हाम्रो जितको आधार हो ।’ उनले मंसिर १७ सम्म चुनावी प्रचारलाई तीव्रता दिने जानकारी दिए । उनले आफ्नो मुख्य प्रतिष्पर्धी कांग्रेस भएको र कांग्रेसले उम्मेदवार नै नउठाएकाले जित सहज भएको दाबी गरे ।

क्षेत्र नम्बर ८ मा वाम गठबन्धनका तर्फबाट जीवनराम श्रेष्ठ छ । उनले पनि ७० प्रतिशत घरदैलो कार्यक्रम सम्पन्न भएको जानकारी दिए । त्यही क्षेत्रबाट एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य प्रदेशसभाबाट उम्मेदवार भएको छ । काठमाडौ क्षेत्र नं. ९ मा पनि विभिन्न भेला, बैठक र घरदैलो कार्यक्रम तीव्ररुपमा अघि बढेको क्षेत्र नम्बर–९ प्रदेश नं. १ का उम्मेदवार डा.अजयक्रान्ति शाक्यले जानकारी दिए। उनका अनुसार काठमाडौँ वडा–२१ को घरदैलो सकिएको छ भने वडा नं. १४ को ६० प्रतिशत घरदैलो सकिएको छ । उनले वडा नं. १२ को ५० प्रतिशत घरदैलो सकिएको बताए ।

त्यसैगरी भीमढुंगा, दहचोक, पुरानो नैकाप, स्युचाटारलगायतका स्थानको ६० प्रतिशत चुनावी प्रचार सकिएको जानकारी दिएो । काठमाडौ क्षेत्र नं. ९ मा प्रतिनिधि सभामा एमालेका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ उम्मेदवार भएको छ । क्षेत्र नम्बर–१० मा वाम गठबन्धनका हितमान शाक्य उम्मेदवार छ । सो क्षेत्रमा पनि चुनावी घरदैलो कार्यक्रम ७० प्रतिशत सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्