बाँदरको आक्रमणबाट महिला घाइते


१९ मंसिर २०७५, बुधबार
Monkey GettyImage

पर्वत, १९ मंसिर । जलजला गाउँपालिका–७ धाइरिङस्थित घाहाखेतमा बाँदरको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् ।

Monkey GettyImage

स्थानीय ४० वर्षीया लक्ष्मी जैसी मंगलबार बाँदरको आक्रमणबाट घाइते भएकी हुन् । घरभित्र अन्नपात खानका लागि पसेका बाँदर लखेट्ने क्रममा उनलाई बाँदरले आक्रमण गरेको हो ।

जैसीको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचार भइरहेको स्थानीयवासी झलक आचार्यले जानकारी दिए । बाँदरले दुःख दिन थालेपछि स्थानीयवासीले बाँदर नियन्त्रणका लागि प्रशासन र स्थानीय गाउँपालिलाई गुहार्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७