क्याम्पस प्रमुखलाई कार्यकक्षमै दलियो मोसो


१ पुष २०७५, आईतवार
moso

जनकपुर, १ पुस । जनकपुरधामस्थित श्री रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखलाई राष्ट्रिय जनता पार्टी निकट विद्यार्थी संगठनका विद्यार्थीले मोसो दलेका छन् ।

moso

आइतबार विद्यार्थीहरूले क्याम्पसको अवस्था नाजुक बनाएको र क्याम्पसमा शैक्षिक सुधारको वातावरण बनाउन चासो नदिएको भन्दै मोसो दलेका हुन् । महिनौंदेखि आन्दोलन गर्दै आएका विद्यार्थीहरूले क्याम्पस प्रमुख विजयकुमार लाभलाई उनकै कार्यकक्षमा मोसो दलिदिएका हुन् ।
विद्यार्थीले कार्यकक्षमा तालाबन्दी गर्दै उनलाई भित्रै थुनेका छन् ।

आइतबार दिउँसो क्याम्पस प्रमुख लाभसँग विद्यार्थीहरूले क्याम्पसको खस्किँदो शैक्षिक अवस्था सुधार गर्न आग्रह गरिरहेका बेलामा प्रमुख लाभले उल्टै धम्काउँदै ‘पढ्ने भए पढ नत्र अर्को क्याम्पसमा टिसी लिएर जानु’ भनेपछि उनलाई मोसो दलिएको एक विद्यार्थीले बताएका छन् ।

उक्त समूहले लाभलाई मोसो दल्नुका साथै उनको कार्यकक्षमा तालाबन्दी गर्दै थुनेको संघका सदस्य कुलदीप साहले जानकारी दिएका छन् । क्याम्पसका सहायक प्रमुख रामनरेश ठाकुरले विद्यार्थीहरुले क्याम्पसमा पठन पाठनका सम्बन्धमा कुराकानी भइरहेकै समयमा क्याम्पस प्रमुखमाथि मोसो दल्दै क्याम्पस प्रमुख, आफू र कर्मचारी संजीव कर्णलाई थुनेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७