प्रलोभनमा नपरी आफूले चाहेको पार्टी र उम्मेद्वारलाई मतदान गर्न योगेश भट्टराईको आग्रह


८ मंसिर २०७४, शुक्रबार
Yogesh Bhattarai

ताप्लेजुङ : नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कसैको प्रलोभनमा नपरी आफूले चाहेको पार्टी र उम्मेद्वारलाई मतदान गर्न आग्रह गरेका छन् ।Yogesh Bhattarai
शुक्रबार ताप्लेजुङमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले यस्तो आग्रह गरेका हुन् । उनले मतदातालाई निर्भयका साथ मतदान गर्न आग्रह पनि गरेका छन् ।निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन नेपाल सरकार तथा सबै सुरक्षा निकायहरुलाई उनले आग्रह गरे । विभिन्न स्थानमा भएका विष्फोट र उम्मेदवारमाथि भएका आक्रमणमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न पनि उनले सकारसमक्ष अनुरोध गरेका छन् ।
देशका विभिन्न ठाउँमा बिष्फोट गराउने समुह भनेर सरकारले जसलाई आशंका गरिरहेको छ त्यो व्यक्ति वा समुहले जिम्मा नलिएको अवस्थामा सरकाले उनीहरुको पहिचान गर्नुपर्नेमा उनले जोड दिए ।
पहिलो चरण निर्वाचन अन्र्तगत प्रतिनिधि सभा र प्रदेश सभाको  मंसिर १० गते  ३२ जिल्लामा निर्वाचन हुँदैछ।

याे पनि पढ्नुहाेस्
ताप्लेजुङवासीका नाममा चिठी 
वर्षमान पुनको नजरमा योगेश भट्टराई
राजेशपायल राईको नजरमा योगेश भट्टराई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७