बुटवलमा ट्रक र बस एकआपसमा ठोक्किदा १९ घाइते, दुईको अवस्था गम्भीर


८ मंसिर २०७४, शुक्रबार

काठमाडौं: पूर्व–पश्चिम राजमार्ग अन्तरगत बुटवलको सैनामैना नगरपालिका–६, दुधराक्ष पुलमा ट्रक र यात्रुबहाक बस एकआपसमा ठोक्किँदा १९ जना घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर छ ।accident

इलाका प्रहरी कार्यालय, बुटवालका डिएसपी पवन भट्टराईले अनलाइनखबरलाई दिएको जानकारी अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको ट्रक र विपरित दिशाबाट आइरहेको ना ४ ख ७६७ नम्बरको बस एक आपसमा ठोक्किएको हो ।

घाइते १७ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर दुई जनालाई थप उपचारका लागि लुम्बिनी अञ्चल अस्पतल पठाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७