अस्थायी शिक्षक परीक्षा : अपेक्षाभन्दा कम अनुत्तीर्ण, एक हजार ९ सयले दिए पुनर्योगको निवेदन


६ पुष २०७५, शुक्रबार
teacher aayog

काठमाडौं, ६ पुस । अस्थायी शिक्षक परीक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै एक हजार ९ सय शिक्षकले पुनर्योगको निवेदन दिएका छन् ।

teacher aayog

अस्थायी शिक्षक परीक्षामा अनुत्तीर्ण प्रावि, निमावि र मावि तहका १ हजार ९ सय शिक्षकले पुनर्योगको लागि शिक्षक सेवा आयोगमा निवेदन दिएका छन् ।

अनुमान भन्दा अत्यधिक संख्यामा अनुत्तीर्ण भएका तीनै तहका शिक्षकहरुले पुनर्योगको आवेदन दिएका हुन् । पुनर्योगको आवेदन दिनेमा प्रावि तहका शिक्षक धेरै रहेको आयोगका सूचना अधिकारी रामराज खकुरेलले जानकारी दिएका छन् । उलने विज्ञापन पनि सबभन्दा बढी प्रावितहका लागि भएको बताएका छन् ।

निमाविका एक जना परीक्षार्थीको नतिजा पुनर्योगंपछि फरक आएको उनले जानकारी दिएका छन् । निमाविका गणित र विज्ञान विषयमा ५० जनाको पुनर्योगको आवेदनमा १ जना पास भएको उनले जानकारी दिएका छन् ।

बाहिर सबैतिर अस्थायी शिक्षकलाई सजिलो प्रश्न सोधेर पास गराउन खोज्यो भन्ने आरोप रहे पनि आयोगले परीक्षाको पद्धतिलाई कायम गर्दै जाँच लिएको अधिकारीले दावी गरेका छन् । विज्ञसमूहले कापी जाँच्नेदेखि सबै काम गरेको जानकारी दिए ।

अस्थायी शिक्षक परीक्षाकालागि मावि तहका १६ हजार १९९ शिक्षकले आवेदन दिएका थिए भने निमावि तहका लागि ३ हजार ७६४ र मावि तहका लागि ३ हजार ३३२ले आवेदन दिएका थिए । यस्तै १२ हजार ५७३ जनाको कोटामा २३ हजार २८९ जनाले जाँच दिएको आयोगले जनाएको छ ।

तर, अपेक्षा गरेभन्दा अधिक संख्यामा परीक्षार्थी अनुत्तीर्ण भएको बताउँदै उनले कतिपय स्थानमा नतिजा शून्य समेत भएको बताए । उनका अनुसार पूर्वाञ्चलमा विज्ञान विषयमा नतिजा शून्य आएको छ । आन्तरीक तर्फको अस्थायी शिक्षक परीक्षाको काठमाडौं जिल्ला बाहेकको नतिजा प्रकाशन भइ सकेको छ । कति अनुत्तीर्ण भए भन्ने संख्या अहिले इन्ट्री भइनसकेको आयोगले जनाएको छ ।

यस विषयमा शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले अस्थायी शिक्षकको नतिजा आउँदा बढीमा १५ प्रतिशत अनुत्तीर्ण हुने अनुमान गरिएको भए पनि नतिजा अपेक्षाभन्दा फरक आएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७