अभिनेता प्रभासको गेष्ट हाउस सरकारीको नियन्त्रणमा


७ पुष २०७५, शनिबार
prabhas759

काठमाडौं, ७ पुस । भारतीय राज्य तेलाङगनाको राजश्व विभागले तेलेगु सुपरस्टार अभिनेता प्रभासको गेष्ट हाउस नियन्त्रणमा लिएको छ ।

prabhas759

हैदरवादबाहिर रायादुर्गममा रहेको सो गेष्ट हाउसलाई सोमबार नियन्त्रणमा लिइएको हो । गेष्ट हाउस सरकारी जग्गामा निर्माण गरिएको दाबी गर्दै सरकारले नियन्त्रणमा लिएको हो ।

सरकारले करिब ८४ एकड जग्गा सरकारी भएको ठहर गरेपछि कब्जामा लिइएको हो । सो जग्गा सरकारी भएको करिब एक महिना अगाडि अदालतले प्रमाणित गरेको थियो । सरकारले जग्गा कब्जा लिएपछि प्रभास हैदराबादको उच्च अदालत पुगेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७