बिजुलीमा हट्यो भारतीय तगारो, नेपालमा जोसुकैले उत्पादन गरेको बिजुली किन्न भारत तयार


९ पुष २०७५, सोमबार

काठमाडौं, ९ पुस । दक्षिणी छिमेकी भारतले नेपालको विद्युत् व्यपारमा दुई वर्षअघि लगाएको तगारो हटाउँदै अब जोसुकैले उत्पादन गरेको भए पनि बिजुली किन्ने निर्णय गरेको छ। नागरिक दैनिकमा समाचार छ ।

bijuli 1 1

२०१६ डिसेम्बर ५ क्रस बोर्डर विद्युत् व्यापार निर्देशिका परिमार्जन गर्दै भारतले आफूले ५० प्रतिशतभन्दा कम लगानी गरेको नेपाली आयोजनाबाट उत्पादित बिजुली नकिन्ने निर्णय गरेको थियो।

ठिक एक वर्षपछि डिसेम्बर १८ मा निर्देशिका परिमार्जन गर्दै भारतले पहिलेको शर्त उल्ट्याएको हो।अब भारतले नेपालमा जुनसुकै मुलुक वा कम्पनीले उत्पादन गरेको बिजुली किन्नेछ।

‘नेपाली विद्युत् भारतमा निर्यात सहज’ शीर्षकमा गोरखापत्र दैनिक लेख्छ, गत मंगलबार आफ्नो अन्तर्देशीय विद्युत् व्यापार निर्देशिका संशोधन गर्दै भारतले छिमेकी मुलुकबाट विद्युत् खरिद गर्ने विषयमा राखेको शर्त खुकुलो पारेको हो।

अघिल्लो निर्देशिकाले खासगरी नेपालका विद्युतमा लगानी गर्ने लगानीकर्ताका लागि ठूलो बजार मानिएको भारतमा बिक्रीको अवसर खुम्च्याएको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७