लोकतन्त्रमा मात्र आर्थिक विकास हुन्छ : उद्योगपति चौधरी


९ मंसिर २०७४, शनिबार
Binod Chaudhary विनोद चौधरी

धनगढी : वरिष्ठ उद्योगपति विनोदकुमार चौधरीले लोकतन्त्रमा मात्र देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान सहज हुने बताएका छन् । Binod Chaudhary विनोद चौधरी
नेपाल प्रेस युनियनले आज यहाँ गरेको पत्रकार सम्मेलनमा नेपाली काँग्रेसको समानुपातिक उम्मेदवारसमेत रहेका चौधरीले लोकतन्त्रसँग अर्थतन्त्रको ठूलो सम्बन्ध रहेको चर्चा गरे ।
विकास र समृद्धिका लागि प्रशस्त सम्भावनाहरु सुदूरपश्चिम ७ नं प्रदेशमा रहेको भए पनि अहिलेसम्म यो क्षेत्र विकासबाट पछि परेको उल्लेख गर्दै उनले भने, ‘सुदूरपश्चिमलाई विशेष आर्थिक क्षेत्र बनाउन जरुरी छ ।’
उनले भने, ‘आर्थिक एजेण्डाको स्वामित्व बोक्ने र विकासको रोडम्यापलाई अन्तिम गन्तव्यमा पु¥याउन जिम्मेवारी लिने सरकारको आवश्यकता छ ।’
पत्रकार सम्मेलनमा काँग्रेसका अर्का समानुपातिक उम्मेदवार उमेश श्रेष्ठले आर्थिक विकासका कार्यक्रमबारे प्रकाश पारेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७