आजदेखि प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर, यी विषयमा प्रश्न सोध्न बन्देज


४ माघ २०७५, शुक्रबार
PM KP Sharma Oli

काठमाडौं, ४ माघ । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ । प्रतिनिधिसभाको शुक्रबार १२ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी ओलीसँग प्रश्नोत्तरको कार्यतालिका राखिएको संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको नियमावलीको परिच्छेद ९ को नियम ५६ अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम राखिएको सचिवालयले जनाएको छ ।

पुस २२ मा प्रधानमन्त्री ओलीले संसदमा सम्वोधन गरिसकेपछि प्रमुख प्रतिपक्ष दलका सांसदले प्रश्न राख्न नपाएपछि संसद अबरुद्ध भएको थियो ।

प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न बैठक सुरु हुनुभन्दा १ घण्टा अगाडि नै प्रश्न टिपाउनुपर्ने छ । बैठक सुरु हुनुभन्दा १ घण्टाअघि नै प्रश्न टिपाउनुपर्ने छ । सभामुखको अनुमति लिई सांसद्ले आफ्नै ठाउँबाट प्रश्न गर्नुपर्नेछ ।

एक दिनमा १० जना सांसदले मात्र प्रश्न सोध्न पाउने छन् । प्रधानमन्त्रीको सट्टा अरु कुनै मन्त्रीले जवाफ दिन पनि मिल्ने व्यवस्था छ ।

नियमावलीले केही विषयका प्रश्नलाई भने बन्देज लगाएको छ । अदालतको अपहेलना हुने, अदालतमा विचाराधीन रहेका विषय तथा कुनै कानुनले प्रकाशन निषेध गरेका विषय , समितिमा विचाराधीन रहेको तथा समितिले सभामा पेस गरेको विषयको प्रश्न गर्न रोक लगाएको छ ।

यस्तै निम्न विषयहरुमा पनि बन्देज लगाएको छ ।
१. संविधान वा कुनै प्रचलित कानुनबाट प्रकाशन निषेध गरिएको विषय
२. स्वभावतः गोप्य रहने कुरा वा प्रकाशन गर्दा राष्ट्रिय हित विपरीत हुन जाने मन्त्रिपरिषद्को कुनै निर्णय वा कारबाही
३. सदन वा कुनै समितिको वा सदन वा समितिको निर्णयको आलोचना गरिएको विषय
४. चालु अधिवेशनमा छलफलद्वारा स्पष्ट भइसकेको विषय
५. प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रचारको लागि कुनै व्यक्ति वा संस्थाको नाम आदि भएको विषय,
६. प्रचलित कानुन बमोजिम स्थापित भएको न्यायिक वा अर्ध न्यायिक निकाय वा अधिकारी वा प्रचलित कानुन बमोजिम जाँचबुझ गर्न, सुझाव दिन वा प्रतिवेदन पेस गर्न गठित आयोग वा समितिमा विचाराधीन रहेको विषय
७. सैद्धान्तिक, ऐतिहासिक वा कानुनको व्याख्या सम्बन्धी विषय
८. गैरसरकारी व्यक्तिको कुनै वक्तव्य सत्य हो वा होइन भन्ने विषय
९. कुनै व्यक्तिको सरकारी वा सार्वजनिक हैसियतबाहेक अरू व्यक्तिगत हैसियतबाट गरेको काम कुरा सम्बन्धी आचरणको विषय
१०. एकपटक अस्वीकृत भइसकेको वा प्रतिनिधिसभा नियमावली बमोजिम उत्तर दिन अस्वीकार गरिएको कुनै विषय।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७