प्रतिनिधिसभा १५ मिनेटलाई स्थगित, कांग्रेसद्वारा रोष्टम घेराऊ


८ माघ २०७५, मंगलवार
samsad

काठमाडौं, ८ माघ । प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध भई स्थगन भएको छ ।

samsad

बैठक शुरु हुने बित्तिकै सभामुख कृष्णबहादुर महराले समय दिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रकाशमान सिंहले सरकारले पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका नाममा तनहुँमा स्थापित श्वास प्रश्वास केन्द्र र बाँकेमा स्थापित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल केन्द्रीय सरकारअन्तर्गत सञ्चालन हुने निर्णय भएको जानकारी संसद्मा नआएसम्म बैठक चल्न नसक्ने बताएका थिए ।

सांसद सिंहले प्रा डा गोविन्द केसीसँग सरकारकाले गरेको सहमति कार्यान्वयन हुनुपर्नेमा पनि जोड दिएका छन् । सांसद सिंहले आफ्ना विचार राखिसकेपछि सभामुख महराले बैठकको कार्वाही अघि बढाउन लाग्दा काङ्गे्रस सांसदले रोष्ट्रम घेराउ गरेका थिए । यसपछि सभामुख महराले १५ मिनेटका लागि बैठक स्थगन गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७