आमिर र आलियामाथि खनिइन् कंगना, भनिन्, ‘डबल स्ट्याण्डर्डवाला’


२२ माघ २०७५, मंगलवार
kangana ranaut

काठमाडौं, २२ माघ । बलिउड अभिनेत्री कंगना रनौतको चलचित्र ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ अहिले प्रदर्शनको क्रममा छ । यसले राम्रो सफलता पाइरहेको छ । यो चलचित्रले आक्रमक व्यापार गर्दै पछिल्लो १० दिनमा ७६ करोड ६५ लाख भारतीय रुपयाको व्यापार गरेको छ ।

kangana ranaut

यसैबीच कंगना एक अन्तरवार्तामा आलिया भट्ट र आमिर खानमाथि खनिएकी छिन् । उनले आलिया र आमिरले आफूलाई सहयोग नगरेको आरोप लगाएकी छिन् । उनले यी दुई स्टारहरु ‘डबल स्ट्याण्डर्ड’ वाला भएको आरोप लगाएकी छिन् ।

कंगनाले आफूविरुद्ध समग्र बलिउड लागेको आरोप लगाइन् । कंगनाका अनुसार उनले आलियालाई आफ्नो धेरै ट्रेलरहरु पठाएकी थिइन् तर उनले त्यसको जवाफ पनि दिइनन् । त्यसपछि कंगनालाई पनि आलियाले फिल्मको ट्रेलर पठाउँदै यसलाई हेर्नुस् भन्ने आग्रह गरेकी थिइन् ।

उनको आग्रह स्वीकार गर्दै कंगना आलियाले बोलाएको स्थानमा पुग्दा आलियाले उनलाई खासै वास्ता नै गरिनन् । आमिर खानले पनि आफ्नो फिल्म हेर्नलाई कंगनालाई फोन गरेर बोलाएका थिए । तर, उनको फिल्म हेर्न जाँदा उनलाई सधैं वेवास्ता नै गरिएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७